Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपासना र सोनमले सकाए ‘जलाकी’को छायांकन, रिलिज कहिले ?

फिल्मीखबर, काठमाडौं, 2026/05/18

Upasana Singh Thakuri and Sonam Topden (2)

 

अभिनेत्री उपासना सिंह ठकुरी र अभिनेता तथा गायक सोनम तोप्देनको मुख्य भूमिका रहेको फिल्म ‘जलाकी’को छायांकन सकिएको छ । गत शनिबार पोखरा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अन्तिम दृश्य खिचिएसँगै ३९ दिनमा छायांकन पूरा भएको हो । शनिबार पोखरामा उपासना र सोनमलाई प्रस्तुत गर्दै गीतका दृश्यहरू खिचिएको थियो ।

पोखराअघि फिल्मको बागलुङ, रुकुम, रोल्पा र म्याग्दी जिल्लामा पनि छायांकन गरिएको थियो । छायांकन सकिएसँगै फिल्मको टिम काठमाडौं फर्किएर पोस्ट प्रोडक्सनमा जुटिसकेको छ । निर्देशक अशोक थापा मगरका अनुसार केही दिनमा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिनेछ । फिल्मलाई यसै वर्ष प्रदर्शन गरिने उनले बताए । 

त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा उपासना र सोनमसहित शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, साहारा हाङमा लिम्बू, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, भावना मगरलगायतका कलाकारहरूको अभिनय रहेको छ । विशेष भूमिकामा अभिनेता विजय लामा पनि छन् । 

‘खुस्मा’ निर्माता कम्पनी एम मिडिया प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माताहरूमा ओम घर्तिमगर, बीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन तथा एसडी योगी र सरित राईको संगीत रहेको छ । ‘जलाकी’को शाब्दिक अर्थ झलक वा सम्झना भन्ने हुन्छ ।