Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रोल नं १’को स्किमः स्कुले कहानीमा भिडियो बनाए ३० हजार पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2026/05/20

roll no one

 

गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रोल नं १’ले आफ्नो लक्षित दर्शकलाई आकर्षित गर्न भिडियो प्रतियोगिताको घोषणा गरेको छ । निर्माताले ‘लौ सुन म भन्छु मेरो स्कुले कहानी’ शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गर्दै आफ्नो स्कुले जीवनबारे उत्कृष्ट भिडियो बनाउनेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । 

यो प्रतियोगितामा सहभागी हुन इच्छुकले फिल्मसँग जोडिएर स्कुले जीवनका अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ । भिडियोमा आफ्नो परिचय दिँदै विद्यालयको नाम र ठेगाना पनि उल्लेख गर्नुपर्नेछ । शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्त्व, गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झनालगायतका विषय भिडियोमा समेट्नुपर्ने जनाइएको छ । 

प्रतियोगिताका लागि भिडियो तयार भएपछि आफ्नो सामाजिक सञ्जालमा अनिवार्य अपलोड गर्नुपर्ने निर्माता पक्षले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । साथै, २० जनाले सान्त्वना पुरस्कारस्वरुप फिल्मको एक–एकवटा टिकट पाउनेछ । विजेता घोषणा जेठ २५ गते गरिनेछ । 

कीर्तिमानी फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माता विनोद पौडेलले निर्माण गरेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई जोन योञ्जनले निर्देशन गरेका हुन् । उनले यसअघि ‘आँखा’ निर्देशन गरेका थिए । 

Most Visited News (monthly)