Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२२ वर्षपछि उत्तम र निरुताले गरे फिल्ममा काम

फिल्मीखबर, काठमाडौं, 2026/06/01

niruta shing and uttam pradhan

 

अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई नेपाली फिल्मका सर्वाधिक सफल जोडीमध्ये एक मानिन्छ । कालजयी फिल्म ‘दर्पण छायाँ’बाट सुरु भएको उनीहरूको सहकार्य सन् २००३ मा प्रदर्शन भएको ‘उपहार’सम्म अटुट रह्यो । यो बीचमा उनीहरू ‘मलाई माफ गरिदेऊ’, ‘लहना’, ‘यो कस्तो प्रेम’ जस्ता आधा दर्जनभन्दा बढी फिल्ममा जोडी भएर देखिए । 

तर, ‘उपहार’पछि उत्तम र निरुताको कुनै फिल्ममा सहकार्य भएन । अब २२ वर्षपछि यो जोडीलाई दर्शकले पर्दामा हेर्न पाउने भएका छन् । फिल्म ‘सारथी’मा उनीहरूले एकसाथ काम गरेका छन् । एक महिना म्याग्दी जिल्लाको गुर्जा खानीमा फिल्मको छायांकन गरेर उनीहरू यसै साता काठमाडौं फर्किएका छन् । अब काठमाडौंमा फिल्मको एक दिनको मात्र छायांकन बाँकी छ । 

कुमार गजुरेलको निर्देशनमा बनेको यस फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, सम्रान्त थापा, मिलन खड्का, रश्मि गुरुङ, कल्पना थापा, आशा विश्वकर्मा, सन्तोष दाहाल, विप्लव खड्का, सागर कंडेल, धिरेन मोक्तानलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता तारा थापा ‘किम्भे’ र सौर्यल थापा हुन् । धीरज तामाङ र बेक बहादुर विश्वकर्मा सह-निर्माता तथा प्रदीप रायमाझी र रदिप श्रेष्ठ कार्यकारी निर्मातामा छन् । फिल्मका लाइन प्रोड्युसर सञ्चारकर्मी अमीर केसी हुन् । फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ ।