Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उच्च सुरक्षाका बावजुद पनि लिक भयो ‘रामायण’को ट्रेलर

फिल्मीखबर, काठमाडौं, 2026/07/19

ramayana

 

नितेश तिवारी निर्देशित बहुप्रतिक्षीत फिल्म ‘रामायण’को पहिलो भाग तिहारमा रिलिज हुँदैछ । सन्नी देओल, रणवीर कपूर, यश, साई पल्लवी, काजल अग्रवाल, विवेक ओबेरोय, रकुल प्रीत सिंहजस्ता कलाकारहरूको अभिनय रहेको फिल्मले भारतीय इतिहासमै सबैभन्दा ठूलो व्यापार गर्ने प्रक्षेपण गरिएको छ । यो फिल्मको दुई श्रृंखलाको बजेट मात्र भारु ४ हजार करोड हो ।

यश समेत निर्माता रहेको यस फिल्मको शनिबार भारतको दिल्लीमा ट्रेलर सार्वजनिक कार्यक्रम राखिएको थियो । जहाँ फिल्मका कलाकारदेखि विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कडा सुरक्षा व्यवस्थाबीच आयोजित कार्यक्रममा मोबाइलबाट ट्रेलर खिच्न निषेध गरिएको थियो । तर, यसका बावजुद पनि ट्रेलर अनलाइनमा लिक भएको छ ।

भाइरल क्लिप्समा रणवीर कपूरलाई भगवान् रामको अवतारमा देख्न सकिन्छ । उनको इन्ट्री सानदार देखिएको छ । घोडामा सवार उनले आँखामा पट्टी बाँधेर धनुष-बाण (प्राचीन हतियार) चलाएका छन् । त्यस्तै, साई पल्लवी माता सीता, यश रावण, सन्नी हनुमान, अरुण गोविल राजा दशरथ र लारा दत्ता कैकईको भूमिकामा देखिएका छन् । ट्रेलरको सुरुवात भने यशको दृश्यबाट भएको छ ।

निर्माण पक्षले फिल्मको ट्रेलर यही शुक्रबार युट्युबमा सार्वजनिक गर्ने तयारी गरेको छ । तर, त्यसअघि नै ट्रेलरका महत्त्वपूर्ण दृश्यहरू लिक भएपछि सुरक्षा व्यवस्थामाथि धेरै प्रश्न उठेका छन् । कार्यक्रममा सुरक्षाकर्मीहरूले ट्रेलर रेकर्ड गर्ने प्रयास गरेका एक–दुई जनाको मोबाइल नियन्त्रणमा समेत लिएका थिए । यति हुँदाहुँदै पनि ट्रेलर लिक हुनबाट जोगिन सकेन ।