Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3367 - 3372 of 23942
फिल्मीखबर, काठमाडौं, 2023-12-10, आईतवार

फिल्म चलाउनका लागि नेपाली निर्माताले अनेक उपाय अपनाउने गरेका छन् । कसैले पुरस्कार राशीसहित विभिन्न प्रतियोगिताको आयोजना गर्छन् त कसैले लक्षित वर्गलाई सित्तैमा टिकट बाँड्ने घोषणा गर्छन् । यसैक्रममा, आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘चित्रा’का निर्माताले १० वर्षभन्दा मुनिकालाई निःशुल्क रुपमा फिल्म देखाउने घोषणा गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-10, आईतवार

गत कात्तिक १० गते घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका अभिनेता प्रकाश घिमिरे करिब डेढ महिनापछि फिल्म ‘महाजात्रा’बाट छायांकनमा फर्किएका छन् । उनले शनिबारबाट बुढानिलकण्ठस्थित मह स्टुडियोमा फिल्मको छायांकन सुरु गरेका हुन् । उनलाई डाक्टरले अझै केही समय ‘बेड रेस्ट’ गर्न भनेका थिए । तर, उनी आफैंले फिल्ममा काम गर्ने इच्छा देखाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-10, आईतवार

केही समयअघि अभिनेत्री रेखा थापाले एक कार्यक्रममा भनेकी थिइन्, ‘अहिलेका हिरोहरु आफैं–आफैं झगडा गरेर मिस भइरहेका छन् ।’ उनको अभिव्यक्तिमा धेरै हदसम्म सत्यता छ । अभिनेता अनमोल केसी फिल्म ‘रावायण’ प्रकरणमा पक्राउ परेपछि उनका प्रतिस्पर्धी मानिएका प्रदीप खड्काले सामाजिक सञ्जाल फेसबुकमा गरेको अस्वभाविक हिसाबको कटाक्षले पनि यसको पृष्टि गर्छ ।

फिल्मीखबर, काठमाडौं, 2023-12-10, आईतवार

अभिनेता अनमोल केसी विगत दुई सातादेखि पोखरामा फिल्म ‘फर्की फर्की’को छायांकन गरिरहेका छन् । फिल्ममा उनको जोडी अभिनेत्री जसिता गुरुङसँग बाँधिएको छ भने सुयोग गुरुङले निर्देशन गरिरहेका छन् । शनिबार छायांकनकै क्रममा एउटा रोचक भेटघाट भएको छ । अनमोल र गण्डकी प्रदेशका सांसद् तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) आमने-सामने भएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-09, शनिवार

निर्देशक दिनेश राउतको नयाँ फिल्म ‘पूजार सार्की’मा अहिलेका तीन स्टार नायकहरु एकसाथ देखिने भएका छन् । आर्यन सिग्देल र प्रदीप खड्कापछि निर्देशक राउतले शनिबार पल शाहसँग सम्झौता गरेका छन् । अहिलेका नायकहरु आ-आफैं भिडिरहेको भन्ने टिप्पणी भैरहेको समयमा यो टिमअपले सकारात्मक सन्देश दिने देखिन्छ । पलले हालै फिल्म ‘मायावी’को छायांकन भ्याएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2023-12-09, शनिवार

‘डेसान’ फेम्ड निर्देशक कमल एक्चै मगरले आफ्नो तेस्रो फिल्म ‘आलिङ्गन’को निर्माण घोषणा गरेका छन् । अघिल्लो महिना गोरखा जिल्लाको मनकामना मन्दिरमा स्क्रिप्ट पूजाआजा गरेपछि उनले शनिबार एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेका हुन् । फिल्म सामाजिक प्रेमकथामा आधारित भएर निर्माण हुने जनाइएको छ । फिल्ममा निर्देशक मगरको कथा लेखन रहेको छ ।

Results : 3367 - 3372 of 23942