
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘हल्कारा’बाट अभिनयमा सम्भावना देखाएकी विनिता थापामगर अभिनीत नयाँ फिल्म ‘जम्प’ यही मंसिर २९ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसमा उनले ‘हल्कारा’मा भन्दा फरक चरित्र निर्वाह गरेकी छन् । जसले गर्दा काम गर्न गाह्रो भएको उनको अनुभव छ । फिल्मको चरित्र र आफ्नो पृष्ठभूमि फरक भएकाले धेरै मिहिनेत गर्नुपरेको उनी बताउँछिन् ।

लक्ष्मण सुवेदीद्वारा निर्देशित तेस्रो फिल्म ‘सतीदेवी’ फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै चर्चामा छ । अभिनेत्री मलिका महतलाई कालोमोसो र जुत्ताको माला लगाएर प्रस्तुत गरिएको पोस्टरले फिल्मको दृश्यभाषाप्रति धेरैमा कौतुहलता जगाएको छ । यसबीच, बुधबार फिल्म सेन्सर पास भएको छ । सबै उमेर समुहका दर्शकहरुले हेर्न मिल्ने गरी फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ ।

करिश्मा श्रेष्ठ आफ्नो अभिनयले भन्दा प्रेम र ब्रेकअपका कारण ‘लाइमलाइट’मा रहेकी अभिनेत्री हुन् । अभिनेता सलोन बस्नेतसँग उनको प्रेम र ब्रेकअप कुनै बेला सुपरहिट थियो । तर, दुवैले अभिनय गरेका तीन फिल्म भने व्यावसायिक रुपमा सफल भएनन् । फिल्म ‘बाबु कान्छा’ रिलिजपछि उनको सलोनसँग ब्रेकअप भयो । यसपछि उनको फिल्मसँग पनि ब्रेकअपजस्तै देखिएको थियो ।

‘पठान’ फेम्ड निर्देशक सिद्धार्थ आनन्दद्वारा निर्देशित नयाँ फिल्म ‘फाइटर’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १३ सेकेण्ड लम्बाईको टिजरमा फाइटर जेट्सको एरियल एक्सन देखाइएको छ । टिजरमा समावेश हरेक एक दृश्यले रोमाञ्चक बनाउँछन् । ब्याकग्राउन्ड स्कोर सशक्त छ । टिजरमा कुनै कलाकारको संवाद भने राखिएको छैन । यो फिल्म २५० करोड भारुमा बनेको हो ।

कुनै बेला ‘जीरे खुर्सानी’ हास्य सिरियलमा ट्राफिक हवल्दार बनेर ‘नियम कडा छ’ भन्दै बोल्ने संवादकै कारण चर्चित बनेका गोपाल नेपाल ‘फिस्टे’ले विगत एक दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका छन् । सिरियलमा गाडी रोकेर चेकजाँच गर्ने प्रहरी बनेका उनी अमेरिकामा भने गाडीको चालक बनेका छन् । होका कदका उनी ७/८ वर्षदेखि १८ चक्के मालवाहक गाडी चलाउने गर्छन् ।

नबीन सुब्बाले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘गाउँ आएको बाटो’को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार एक पोस्टरमार्फत् अर्को वर्षको जेठ १८ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा अभिनेता दयाहाङ राई र बाल कलाकार प्रशान राई फिचरिङ छन् । एक गाडीको दृश्य समेत समेटिएको पोस्टरले बाबु-छोराको सम्बन्धलाई दर्शाएको छ ।

