मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिन्दी फिल्ममा देखिँदै बेनिशा

फिल्मीखबर, काठमाडौं, 2024/02/18

Benisha Hamal

 

बलिउड फिल्ममा नेपाली कलाकारको उपस्थिति बढ्दो छ । मनिषा कोइराला, सुनिल थापा, भोलाराज सापकोटा, झरना बज्रचार्य लगायतले हिन्दी फिल्ममा काम गरिसकेका छन् । तथापि, मनिषा जत्ति बलिउडमा अरु स्थापित हुन सकेनन् । अब चाँडै अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’बाट बलिउडमा डेब्यू गर्दैछन् भने अभिनेत्री बेनिशा हमाल पनि बलिउड फिल्ममा देखिने भएकी छन् ।

बेनिशाले फेसबुकमार्फत् आफूले पहिलोपटक हिन्दी फिल्ममा काम गर्न लागेको जानकारी गराएका हुन् । फिल्मको टिमसहितको केही तस्वीरहरु सेअर गर्दै उनले लेखेकी छन्, ‘भ्वाइस मोडुलेसन, डिक्शन र फ्लोमा महिनौं काम गरेपछि म आफ्नो पहिलो हिन्दी फिल्मका लागि पूर्ण रुपमा तयार छु ।’ उनी अहिले फिल्मको छायांकनका लागि भारतको पिथौरागढस्थित पञ्चाचुली क्षेत्रमा छिन् ।

उनले फिल्मको बारेमा विस्तृतमा जानकारी गराएकी छैनन् । तर, उनले सेअर गरेको एउटा तस्वीरमा हिउँमा ‘दुर्गम’ लेखिएको छ, जुन फिल्मको शीर्षक हुनसक्ने बुझिन्छ । उनले इन्स्टाग्राम स्टोरीमा भारतीय कलाकार गोदान कुमारसँगको एक तस्वीर पनि सेअर गरेकी छन् । अर्थात् उनीहरुले एकसाथ काम गर्दैछन् । गोदामले ‘धडक’, ‘लाल कप्तान’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

 

Benisha Hamal


आफ्नो पहिलो हिन्दी फिल्ममा काम गर्न भारत जानुअघि बेनिशाले फिल्म ‘सिटामोल’को छायांकन सकाएकी थिइन् । यसमा उनको जोडी अभिनेता सौगात मल्लसँग बाँधिएको छ । त्यस्तै, उनको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘उपहार’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कोरोना महामारीभन्दा अगाडि उनले मुम्बईमा फिल्म मेकिङसम्बन्धी कोर्स समेत लिएकी थिइन् ।