Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3361 - 3366 of 24235
फिल्मीखबर, काठमाडौं, 2024-02-20, मंगलवार

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १२ सेकेण्डको टिजरमा पैसाले उत्पन्न गराउने परिस्थितिलाई देखाइएको छ । एक गाडी पैसा लुकाउन प्रस्ताव आएपछि तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले गर्ने संघर्ष र बेहोर्नुपर्ने हैरानीमा टिजर केन्द्रित छ । टिजरमा अभिनेता हरिवंश आचार्य नेताको शैलीमा चित्रित छन् ।

एजेन्सी, काठमाडौं, 2024-02-20, मंगलवार

कुनै बेला लभस्टोरी फिल्मको ठूलो बोलबाला रहेको बलिउडमा यतिबेला एक्सन फिल्मको दबदबा बढेको छ । सन् २०२३ मा मात्र एक्सन फिल्मले विश्वव्यापी झण्डै ३ हजार करोडको कमाई गरे । यसले पनि बलिउडमा फेरि एक्सन फिल्मको जगजगी सुरु भएको देखाउँछ । र, यतिबेला प्रायः मेकर एक्सन फिल्मको तयारीमा छन् । प्रदर्शनको पखाईमा रहेका फिल्महरु पनि प्रायः एक्सन छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-19, सोमवार

‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ यही शुक्रबार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । यसका लागि निर्देशक भामसहितको टिम बर्लिन पुगेको छ । फिल्म प्रिमियरको पूर्वसन्ध्यामा अंग्रेजी सबटाइटलमा ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट हाराहारीको ट्रेलरमा बहुपति प्रथासँग जोडेर पेमा पात्रको माध्यमबाट कथा भनिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-19, सोमवार

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-19, सोमवार

विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने ‘बर्लिन फिल्म फेस्टिभल’को ७४औं संस्करण बिहीबारदेखि जर्मनीको राजधानी बर्लिनमा भैरहेको छ । अमेरिकी फिल्म ‘शे कम टु मी’बाट उद्घाटन भएको बर्लिनको रेड कार्पेटमा एनी हाथावे, पीटर डिंकलेज, गुलशीफ्ता फराहानी, विकी क्रिप्स, अल्ब्रेच्ट शुच, म्यारिसा तोमाई लगायतका कयौं विश्व प्रख्यात सेलिब्रेटीहरुले फेसनको जादू छरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-02-19, सोमवार

गत वर्षको सफल हलिउड फिल्म ‘ओपेनहाइमर’ले एकपछि अर्को प्रतिष्ठित अवार्डमा आफ्नो वर्चस्व बनाइरहेको छ । गोल्डन ग्लोब अवार्ड्सपछि अब बाफ्टा अर्थात् ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि यो फिल्मले बाजी मारेको छ । यसले ७ वटा विधामा अवार्ड जितेको छ । १३ विधामा मनोनित भएको फिल्मले सर्वोत्कृष्ट फिल्मदेखि निर्देशक-अभिनेतासम्मको अवार्ड जित्न सफल भएको हो ।

Results : 3361 - 3366 of 24235