
‘नाईं नभन्नू ल ४’बाट एकसाथ डेब्यू गरेका पल शाह र वर्षा राउतले दोस्रोपटक फिल्ममा सहकार्य गर्ने भएका छन् । ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहाराको नयाँ फिल्म ‘अवतार’मा उनीहरुको जोडी बाँधिन लागेको हो । पलले सोमबार आफ्नो इन्स्टाग्राम स्टोरीमा सेअर गरेको फिल्मको स्क्रिप्टको तस्वीरमा वर्षाको नाम पनि उल्लेख छ । र, वर्षाले पनि उक्त स्टोरी इन्स्टामा सेअर गरेकी छन् ।

नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश बढिरहेको समयमा यही मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘दुई कदम’बाट अभिनेतामा इओन लिम्बु र अभिनेत्रीमा सिमोन गिरीले डेब्यू गरेका छन् । फिल्मको कथा नै उनीहरुमा केन्द्रित छ । पहिलो फिल्म भएकाले दुवैमा दर्शकको प्रतिक्रिया कस्तो आउँछ भन्ने कुराले राम्रै डर पैदा गरिरहेको छ । तर पनि उनीहरु उत्साहित देखिन्छन् ।

यही शुक्रबार अर्थात् पुष २९ गतेबाट प्रदर्शनमा आउन लागेको आशुतोषध्वज कार्कीद्वारा निर्देशित फिल्म ‘जम्प’को आइतबार साँझ काठमाडौंस्थित बिग मुभिजमा आयोजना भएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्मकर्मी तथा समीक्षकले फरक शैलीको कथावाचनको प्रशंसा गर्दै फरक हिसाबले बनेका फिल्म मन पराउने दर्शकलाई विशेष रुचिकर हुनसक्ने बताएका छन् ।

निर्देशक निश्चल बस्नेतले फिल्म ‘दिमाग खराब’मा उठाएको विषयले राजनीतिक वृतमा एकखालको हलचल ल्याएको छ । किनकि, फिल्ममा स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणलाई देखाइएको छ । तर, फिल्ममा राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्ने झण्डाको रंग प्रयोग भएपछि निश्चलले रास्वपालाई फिल्म बनाएको भन्दै टिप्पणी भैरहेको छ । रास्वपा नेताहरुले भने फिल्मको प्रचार गरिरहेका छन् ।

करिब ७ वर्षअघि राजनीतिक विषयवस्तुमा बनेको फिल्म ‘संरक्षण’बाट निर्देशनमा डेब्यू गरेका पुर्णेन्दु झाले यसपछि फिल्म ‘चौका दाउ’ बनाए । अब उनी तेस्रो फिल्मको तयारीमा जुटेका थिए । ५ वर्षपछि निर्देशनमा पुनरागमन गर्न लागेका उनले यसै हप्ता एक पोस्टरमार्फत् ‘पिजे ३’ वर्किङ टाइटल राखेर फिल्म निर्माणको घोषणा गरेका हुन् । फिल्म रोमान्टिक कथामा बन्ने जनाइएको छ ।


