मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राधिकाको बयान- ‘तेलुगू इन्डस्ट्री पितृसत्तात्मक छ’

फिल्मीखबर, काठमाडौं, 2024/02/17

Radhika Apte:

 

अभिनेत्री राधिका आप्टेको अभिनय क्षमताको बलिउडमा जति धेरै चर्चा हुन्छ, त्योभन्दा बढी उनको अभिव्यक्ति र हर्कतलाई लिएर विवाद हुने गरेको छ । केही वर्षअघि उनले बाथरुममा नुहाइरहेको सेल्फी सार्वजनिक गरेको घटना होस् वा अबका युवतीहरु यौन सम्बन्धका लागि बिहे पर्खेर बस्दैनन् भन्दै दिएको अभिव्यक्ति नै किन नहोस्, उनी चर्चा र विवादबाट कहिल्यै टाढा भएकी छैनन् ।

यसबीच, राधिकाले तेलुगू फिल्म इन्डस्ट्री पितृसत्तात्मक रहेको र महिलामाथि नराम्रो व्यवहार हुने गरेको बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘जुन इन्डस्ट्रीमा मैले सबैभन्दा बढी संघर्ष गरेँ, त्यो तेलगू हो । किनकि, यो इन्डस्ट्री निकै पितृसत्तात्मक छ । एकप्रकारले पुरुष प्रधान हो । पुरुष अन्धा राष्ट्रवादी हुन् । महिलामाथि त्यहाँ जुन तरिकाको व्यवहार गरिन्छ, त्यो असहनीय छ ।’

राधिकाले हिन्दीसँगै तमिल र तेलुगू भाषाका धेरै फिल्ममा अभिनय गरेकी छन् । तेलुगू इन्डस्ट्रीमा गर्नुपरेको संघर्षबारे उनी थप्छिन्, ‘सेटमा हामीलाई तेस्रो व्यक्तिको रुपमा व्यवहार गरिन्थ्यो । स्टारलाई केही सोधिँदैन थियो । उनीहरुको मुडअनुसार काम हुन्थ्यो । मैले त्यहाँ लगातार संघर्ष गरेँ । र, मैले अहिले त्यो इन्डस्ट्री छाडिसकेँ । मलाई लाग्छ कि यो सिर्फ मेरो साथमा मात्र भइरहेको छ ।’

सन् २००५ मा ‘वाह ! लाइफ हो तो ऐसी !’ बाट बलिउडमा डेब्यू गरेकी उनले हिन्दीमा ‘मोनिका ओ डार्लिङ, ‘विक्रम वेधा’, ‘बजार’, ‘अन्धाधुन’, ‘प्याडम्यान’, ‘माझी : द माउन्टेन म्यान’, तेलुगूमा ‘रक्त चरित्र’, ‘लेजेन्ड’, ‘लायन’, तमिलमा ‘काबिल’, ‘वेत्री सेलवन’सहित मलायलम, मराठी, बंगाली भाषाका फिल्ममा पनि काम गरेकी छन् । राधिकासँग हलिउड फिल्ममा काम गरेको पनि अनुभव छ ।