मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अब राजनीतिमा आउने विजय लामाको घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/02/18

benisha hamal

 

अभिनेता विजय लामाको परिचयका विभिन्न आयाम छन् । उनी पेशाले विमान चालक (पाइलट) हुन् । सन् १९८५ देखि यो पेशामा आबद्ध रहेका उनी करिब ४ दशकदेखि अभिनयमा पनि सक्रिय छन् । सामाजिक कार्यमा पनि उनको अग्रसरता देखिन्छ । कुनै बेलाका लङ टेनिसको राष्ट्रिय स्तरको खेलाडी समेत हुन्, उनी । अब उनी पेशाबाट विश्राम लिएर राजनीतिमा आउने भएका छन् ।

शनिबार फिल्म ‘गोर्खा वारियर’को प्रिमियरमा सहभागी हुन धरान पुगेको समयमा उनले पत्रकार अनुप भट्टराईसँगको कुराकानीमा भनेका छन्, ‘म राजनीतिमा अवश्य प्रवेश गर्छु । जतिले पनि खेमागत रुपमा मिलेर देश भत्काए, मेरो कम्पनी भत्काए, नेपालीत्व भत्काए, तिनीहरुमाथि बदला लिनका लागि म आउँछु । एक वर्षपछि राजनीतिमा आउँछु । म चुनाव लड्नका लागि तयार हुँदैछु ।’

नेपाल एयरलाइन्सको जागिरबाट रिटायर्ड भैसके पनि अझै काम गरिरहेका लामाले एक वर्षपछि अवकाश लिने बताएका छन् । ‘म जागिरबाट रिटायर्ड भैसकेको छु । तर, मैले अझै धेरैलाई तालिम दिन बाँकी छ,’ उनी भन्छन्, ‘हामीले नयाँ विमान चालकहरु तयार गर्दैछौं । मैले रिटायर्ड भएर पनि काम गरेको २ वर्ष जति भयो । मैले चाहेँ भने अझै ५ वर्ष गर्न सक्छु । तर, अब धेरै समय गर्दिनँ ।’

यही फागुन ११ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘गोर्खा वारियर’मा मुख्य भूमिकामा अभिनय गरेका उनी गोर्खालीको कथामा धेरै फिल्म बन्नुपर्ने बताउँछन् । उनले भने- ‘वीर गोर्खालीको बारेमा हजारौं कथा छन्, तर त्यो पर्दामा आउन सकेको थिएन । यसपटक मिलन चाम्सको टिमले त्यो आँट गरेको छ । यस्तो कथामा धेरै फिल्म बन्नुपर्छ । ‘गोर्खा वारियर’ दर्शकलाई नयाँ अनुभव हुनसक्छ ।’