मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘गोर्खा वारियर’को दोस्रो ट्रेलरमा गोर्खा सैनिक र परिवारको कथा

फिल्मीखबर, काठमाडौं, 2024/02/19

RITESH CHAMS, VIJAY LAMA, REBIKA GURUNG

 

‘जंगल वार’मा आधारित पहिलो नेपाली फिल्म ‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट लम्बाईको ट्रेलरमा गोर्खा सैनिकले युद्धमा देखाएको बहादुरी, लडाईंको क्रममा भोग्नुपर्ने दुःख, सैनिकको पारिवारिक अवस्था, ७०/८० वर्ष अगाडिको नेपाली सामाजलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा प्रेम र कमेडी पनि मिश्रित छ । समग्रमा फिल्मको दोस्रो ट्रेलर सशक्त देखिन्छ ।

सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्मका निर्देशक मिलन चाम्स हुन् । यही फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको मुख्य भूमिका छ ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ । गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवर्ल्ड’मा फिल्मको प्रिमियर गरिएको थियो ।