
उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंका एक कार्यक्रमबीच सार्वजनिक २ मिनेट ३ सेकेण्ड लम्बाईको ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार-चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ । ट्रेलरको सुरुवातमा रहेको इओन लिम्बु र सिमोन गिरीको बाइक यात्रा र नोकझोंकको दृश्य भने फिल्म ‘प्रेमगीत’सँग मिल्दोजुल्दो देखिन्छ ।

पछिल्लो समय साउथ र बलिउडका एक्सन फिल्ममा मेसिनगनको प्रयोग अनिवार्य जस्तै भएको छ । ‘केजीएफ’, ‘पठान’, ‘एनिमल’, ‘टाइगर ३’ जस्ता फिल्ममा प्रयोग भएको मेसिनगनलाई लिएर राम्रै चर्चा भएको थियो । विशेषगरी ठूला एक्सन सिनमा मेसिनगनको प्रयोग गरिन्छ । अब नेपाली एक्सन प्रधान फिल्म ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा शक्तिशाली मेसिनगनसहित देखिने भएकी छन् ।


७ वर्ष अगाडि फिल्म ‘मन्दिरा’मा सहकार्य गरेका निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ)ले अब ‘अभेद्य’ शीर्षकमा फिल्म निर्माण गर्ने भएका छन् । २०२४ को सुरुवातसँगै छायांकन गर्न लागिएको फिल्ममा कलाकार र प्राविधिकको भने टुंगो लाग्न बाँकी छ । रोमान्स र थ्रीलर जनरामा बन्न लागेको फिल्मको यतिबेला स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।


दीपकराज गिरी र दीपाश्री निरौलाको क्याम्पबाट बाहिर रहेर दोस्रोपटक अभिनेता केदार घिमिरेले फिल्ममा काम गर्ने भएका छन् । यसअघि सुदर्शन थापा निर्देशित फिल्म ‘रामकहानी’मा काम गरेका उनी अब ‘कङ्गारु’मा जोडिएका छन् । सोमबार निर्माता र कलाकार घिमिरेबीच कागजी सम्झौता भएको छ । फिल्ममा अनुबन्धित भएपछि केदारले आफू काम गर्न उत्साहित रहेको बताए ।

