मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक्सन फिल्मको लयमा बलिउड

एजेन्सी, काठमाडौं, 2024/02/20

कुनै बेला लभस्टोरी फिल्मको ठूलो बोलबाला रहेको बलिउडमा यतिबेला एक्सन फिल्मको दबदबा बढेको छ । सन् २०२३ मा मात्र एक्सन फिल्मले विश्वव्यापी झण्डै ३ हजार करोडको कमाई गरे । यसले पनि बलिउडमा फेरि एक्सन फिल्मको जगजगी सुरु भएको देखाउँछ । र, यतिबेला प्रायः मेकर एक्सन फिल्मको तयारीमा छन् । प्रदर्शनको पखाईमा रहेका फिल्महरु पनि प्रायः एक्सन छन् ।

२०२४ मा एक्सन फिल्मको सुरुवात सिद्धार्थ आनन्द निर्देशित ‘फाइटर’बाट भयो । यसमा एरियल एक्सन थियो । अब अर्को एक्सन फिल्म ‘क्रयाक’ यही शुक्रबार अर्थात् २३ फेब्रअरीमा रिलिज हुँदैछ । एक हप्ता अगाडि सार्वजनिक ट्रेलर हेर्दा एक्सनमा नयाँ शैली देखिन्छ । विद्युत जामवाल र अर्जुन रामपालको एक्सन जबर्जस्त छ । एमी ज्याक्सन र नोरा फतेहीको पनि फिल्ममा अभिनय छ ।

 

10 Bollywood Action Films Audiences Can Look Forward To In 2024


आगामी मार्च १५ मा रिलिज हुन लागेको अभिनेता सिद्धार्थ मल्होत्रा स्टारर ‘योद्धा’ पनि एक्सन फिल्म हो । करण जोहरको निर्माण रहेको फिल्मको सोमबार सार्वजनिक टिजर ‘एक्सन प्याक्ड’ देखिन्छ । प्लेन हाइज्याक गर्ने आतंककारीसँग सिद्धार्थको लडाइँलाई टिजरमा देखाइएको छ । पुष्कर ओझा र सागर आम्ब्रेको निर्देशन रहेको फिल्ममा दिशा पटानी र राशि खन्नाको पनि अभिनय छ ।

त्यस्तै, अभिनेता वरुण धवनको मुख्य भूमिका रहने फिल्म ‘बेबी जोन’ पनि एक्सन जनरामा निर्माण हुँदैछ । ‘जवान’ फेम्ड एटलीको निर्देशनमा बन्न लागेको यो तमिल फिल्म ‘थेरी’को हिन्दी रिमेक हो, जसलाई एटलीले नै निर्देशन गरेका थिए । बलिउड सुपरस्टार अक्षय कुमार र टाइगर श्राफ अभिनीत फिल्म ‘बडे मियाँ छोटे मियाँ’ पनि एक्सनमा आधारित छ । यो अप्रिल ९ मा रिलिज हुँदैछ ।

निर्देशक रोहित शेट्टी पनि यस वर्ष एक्सन फिल्म ‘सिंघम अगेन’ लिएर आउँदैछन् । त्यसैगरी, सलमान र शाहरुख खानको ‘टाइगर भर्सेस पठान’, रणवीर सिंहको ‘डन ३’, जोन अब्राहमको ‘तेहरान’ र ‘वेदा’, शाहिद कपूरको ‘देवा’, सिद्धान्त चतुर्वेदीको ‘युधरा’, राघव जुयालको ‘किल’ लगायतका फिल्म पनि एक्सनमा आधारित छन् । यसरी हेर्दा अब बलिउडले एक्सन लय समातेको प्रष्ट देखिन्छ ।