मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’ टिजरमा पैसाको चक्कर

फिल्मीखबर, काठमाडौं, 2024/02/20

Hari Bansha Acharya, Bipin Karki

 

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १२ सेकेण्डको टिजरमा पैसाले उत्पन्न गराउने परिस्थितिलाई देखाइएको छ । एक गाडी पैसा लुकाउन प्रस्ताव आएपछि तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले गर्ने संघर्ष र बेहोर्नुपर्ने हैरानीमा टिजर केन्द्रित छ । टिजरमा अभिनेता हरिवंश आचार्य नेताको शैलीमा चित्रित छन् ।

‘जात्रा’ फ्रेन्चाइजको अघिल्ला दुई श्रृंखला पैसा र सुनमा केन्द्रित भएर बनेका थिए । ‘महाजात्रा’ भने सत्ता र पैसामा आधारित रहेको टिजरले संकेत गर्छ । कमेडी त यो फ्रेन्चाइजको विशेषता नै हो । टिजरमा पनि त्यसको छनक देखिन्छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव, शिशिर वाङ्गदेल, प्रकाश घिमिरे आदिको पनि अभिनय छ ।

आगामी चैत ९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्मको कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन् भने म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्मातामा छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । निर्देशक भट्टराईले फिल्ममा प्रेम, मित्रता, परिवार र राष्ट्रियताको विषयलाई उठाएको बताएका छन् । यसपटक ‘जात्रा’ र ‘जात्रै जात्रा’भन्दा माथि उठेर फिल्म बनाएको उनको दाबी छ ।