मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाफ्टामा ‘ओपेनहाइमर’को वर्चस्व

फिल्मीखबर, काठमाडौं, 2024/02/19

Oppenheimer wins Best Picture and six other prizes at Bafta Film Awards

 

गत वर्षको सफल हलिउड फिल्म ‘ओपेनहाइमर’ले एकपछि अर्को प्रतिष्ठित अवार्डमा आफ्नो वर्चस्व बनाइरहेको छ । गोल्डन ग्लोब अवार्ड्सपछि अब बाफ्टा अर्थात् ब्रिटिस एकेडेमी फिल्म अवार्डमा पनि यो फिल्मले बाजी मारेको छ । यसले ७ वटा विधामा अवार्ड जितेको छ । १३ विधामा मनोनित भएको फिल्मले सर्वोत्कृष्ट फिल्मदेखि निर्देशक-अभिनेतासम्मको अवार्ड जित्न सफल भएको हो ।

उक्त अवार्ड समारोहमा ‘ओपेनहाइमर’का अलावा अर्को एउटा फिल्मको पनि दबदबा देखियो । योर्गोस ल्यान्थिमोसद्वारा निर्देशित फिल्म ‘पुअर थिंग्स’ले उत्कृष्ट अभिनेत्री, कस्ट्यूम, मेकअप एन्ड हेयर, प्रोडक्शन डिजाइन र स्पेशल भिजुअल इफेक्ट गरी ५ वटा अवार्ड आफ्नो नाममा गरेको छ । बाफ्टा अवार्डमा भारतको प्रतिनिधित्व गर्दै अभिनेत्री दीपिका पादुकोण सहभागी भएकी थिइन् ।

 

Oppenheimer director Christopher Nolan accepts his award at the BAFTAs. Pic: Kate Green/BAFTA/Getty


विजेताको सूची :-

बेस्ट फिल्म – ओपेनहाइमर

बेस्ट डायरेक्टर - क्रिस्टोफर नोलन (ओपेनहाइमर)

बेस्ट एक्टर (लिड रोल) - किलियन मर्फी (ओपेनहाइमर)

बेस्ट एक्ट्रेस (लिड रोल) - एमा स्टोन (पुअर थिंग्स)

बेस्ट एक्टर (सपोर्टिङ रोल) - राबर्ट डाउनी जूनियर (ओपेनहाइमर)

बेस्ट एक्ट्रेस (सपोर्टिङ रोल) - डिवाइन जोय रान्डोल्फ (द होल्डओभर्स)

 

Robert Downey Jr accepts the supporting actor award for Oppenheimer. Pic: Kate Green/BAFTA/Getty Images


बेस्ट फिल्म (गैरअंग्रेजी) - द जोन फफ इन्ट्रेस्ट

बेस्ट एनिमेटेड फिल्म - द ब्वाई एन्ड द हिरोन

बेस्ट सिनेमेटोग्राफी - होयट भ्यान होयटमा (ओपेनहाइमर)

बेस्ट ओरिजिनल स्क्रिनप्ले - जस्टिन ट्राइट र आर्थर हरारी (एनाटोमी अफ ए फल)

बेस्ट अडेप्टेड स्क्रिनप्ले - कोर्ड ज्याफरसन (अमेरिकन फिक्सन)

 

Kingsley Ben-Adir, from left, Cord Jefferson, winner of the adapted screenplay award for 'American Fiction', and Bryce Dallas Howard, pose for photographers at the 77th British Academy Film Awards, BAFTA's, in London, Sunday, Feb. 18, 2024. (Photo by Vianney Le Caer/Invision/AP)


बेस्ट डक्यूमेन्ट्री - २० डेज इन मारियुपोल

बेस्ट कास्टिङ - सुसान शापमेकर (द होल्डओभर्स)

बेस्ट कस्ट्यूम डिजाइन - होली वाडिङ्गटन (पुअर थिंग्स)

बेस्ट एडिटिङ - जेनिफर लेम (ओपेनहाइमर)

बेस्ट मेकअप एन्ड हेयर - नादिया स्टेसी, मार्क कूलियर र जोश वेस्टन (पुअर थिंग्स)

बेस्ट ओरिजिनल स्कोर - लुडविग गोरान्सन (ओपेनहाइमर)

बेस्ट प्रोडक्शन डिजाइन - शोना हीथ, जेम्स प्राइस र ज़ुस्जसा मिहालेक (पुअर थिंग्स)

 

Emma Stone was named best actress for her performance in Poor Things. Pic: Kate Green/BAFTA/Getty Images


बेस्ट साउन्ड - जोनी बर्न र टार्न विलर्स (द जोन अफ इन्ट्रेस्ट)

बेस्ट स्पेशल भिजुल इफेक्ट - साइमन ह्यूजेस (पुअर थिंग्स)