मिति : २०८१ आश्विन ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बर्लिन फेस्टिभलको रेड कार्पेटमा किन पुगे कार्म ?

फिल्मीखबर, काठमाडौं, 2024/02/19

karma sakya

 

विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने ‘बर्लिन फिल्म फेस्टिभल’को ७४औं संस्करण बिहीबारदेखि जर्मनीको राजधानी बर्लिनमा भैरहेको छ । अमेरिकी फिल्म ‘शे कम टु मी’बाट उद्घाटन भएको बर्लिनको रेड कार्पेटमा एनी हाथावे, पीटर डिंकलेज, गुलशीफ्ता फराहानी, विकी क्रिप्स, अल्ब्रेच्ट शुच, म्यारिसा तोमाई लगायतका कयौं विश्व प्रख्यात सेलिब्रेटीहरुले फेसनको जादू छरेका थिए ।

यसपटक बर्लिन फेस्टिभलमा अभिनेता कार्म शाक्य पनि सहभागी भएका छन् । उनले बर्लिनको रेड कार्पेटमा हिँडेको भिडियो र उभिएर पोज दिएको एक तस्वीर इन्स्टाग्राममा सेअर गरेका छन् । कार्म बर्लिन फेस्टिभलमा सहभागी हुनुको उद्देश्य उनी अभिनीत फिल्म ‘शाम्बाला’को ‘वर्ल्ड प्रिमियर’ हो । बर्लिनको मुख्य विधामा यो फिल्म छानिएकाले उनी फेस्टिभलमा सहभागी भएका हुन् ।

‘बर्लिन फिल्म फेस्टिभल’मा कार्म मात्र नभइ फिल्मका निर्देशक मीन बहादुर भाम, कलाकारहरु थिन्ले ल्हामो र सोनम तोप्देन पनि सहभागी भएका छन् । कार्मका अनुसार, फेब्रअरी २३ मा फिल्म प्रिमियर हुनेछ । बर्लिनको अन्तर्राष्ट्रिय विधामा छनोट भएको यो फिल्मले विश्वका १९ वटा फिल्मसँग प्रतिस्पर्धा गर्दैछ । बर्लिनको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर फिल्म हो ।

 

karma sakya


उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमानले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथामा फिल्म आधारित छ । फिल्ममा निर्देशक भाम र अविनाशविक्रम शाहको लेखन रहेको छ । १४ करोडको बजेटमा निर्माण भएको फिल्मले निर्माणअघि थुप्रै अन्तर्राष्ट्रिय ‘फन्ड’ जितिसकेको थियो । फिल्मलाई आगामी वर्ष हलमा प्रदर्शन गर्ने योजनामा निर्देशक भाम छन् ।