मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रुखान’मा विद्रोही महिला बन्दै नीति

फिल्मीखबर, काठमाडौं, 2024/02/21

niti shah

 

मोडल नीति शाहलाई फिल्ममा डेब्यू गर्न ठूलै सकस भयो । चारवटा फिल्म सम्झौता गर्दा समेत कुनै बन्न सकेनन् । यसपछि फिल्म ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी उनी अब अर्को फिल्ममा जोडिएकी छन् । ‘कसले चोर्‍यो मेरो मन’का निर्देशक सविन श्रेष्ठको आगामी फिल्म ‘रुखान’मा नीतिले मुख्य भूमिकामा काम गर्न लागेकी हुन् । मंगलबार निर्माण टिम र उनीबीच कागजी सम्झौता भएको छ ।

फिल्ममा नीति विद्रोही महिलाको भूमिकामा देखिने जनाइएको छ । उनले फिल्मलाई लिएर आफू उत्साहित रहेको बताएकी छन् । नेपालीसहित अंग्रेजी, हिन्दी र भोजपुरी गरी चारवटा भाषामा बन्न लागेको फिल्ममा अरु कलाकार भने छनोट भइसकेका छैनन् । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्न लागेको फिल्ममा डा. रुपक घिमिरे (चकलेट फिल्मका हिरो)को कथा छ ।

फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ । सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस र काइट्स इन्टरटेन्मेन्टको निर्माण रहने फिल्ममा देशका आम नागरिकले समस्यासँग जुध्दै गर्ने संघर्षलाई देखाइने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार, महिलाले गर्ने संघर्षको कथामा फिल्म बन्नेछ ।