मिति : २०८१ वैशाख २०, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’ आँखालाई शीतल बनाउने फिल्म हो : रेखा थापा

फिल्मीखबर, काठमाडौं, 2024/02/21

राप्रपाको महिला महामन्त्रीमा रेखा पराजित

 

अभिनेत्री रेखा थापाले पाँच वर्षपछि अभिनयमा पुनरागमन गरेको फिल्म हो, ‘उपहार’ । फिल्म ‘मालिका’ रिलिजपछि राजनीतिमा सक्रिय देखिएकी उनले गर्भवती अवस्थामा ‘उपहार’मा काम गरेकी थिइन् । पाँच वर्षपछि फिल्ममा फर्किएकाले उनी उत्साहित देखिन्छिन् । उनको बुझाईमा ‘उपहार’ एउटा अमूल्य विषय हो । दर्शकको मनमस्तिष्कमा वर्षौंसम्म फिल्म बस्ने उनको दाबी छ ।  

यतिबेला अमेरिकामा रहेकी रेखाले भर्चुअलमाध्यमबाट भनेकी छन्, ‘नेपाली फिल्म नियमित रुपमा हेर्ने र कहिल्यै नहेर्ने दर्शकलाई पनि ‘उपहार’ मनपर्नेछ । यो फिल्म हेर्दा दर्शकले नयाँ उर्जा पाउनुहुनेछ,’ उनी अगाडि भन्छिन्, ‘फिल्ममा सामाजिक विषयलाई मनोरञ्जनपूर्ण हिसाबले भनिएको छ । नेपाली फिल्ममा एउटै विषयवस्तु भयो भन्ने आरोपलाई पनि ‘उपहार’ले गलत सावित गर्नेछ ।’

‘उपहार’ आँखालाई शीतल बनाउने फिल्म रहेको रेखाको तर्क छ । समाज रुपान्तरणको विषयदेखि समाजभित्र भइरहने घटनालाई फिल्ममा उठाइएको दाबी गर्दै उनले भनेकी छन्, ‘फिल्ममा नारी मात्र होइन, पुरुष पनि पीडित छन् भन्ने देखाइएको छ । ८/१० वर्षयता नेपाली फिल्ममा देखिँदै आएका कथाभन्दा ‘उपहार’ फरक छ ।’ फिल्म हेर्दा दर्शक तनावमुक्त हुने पनि रेखा बताउँछिन् ।

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उपहार’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्ममा रेखासँगै पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा लगायतको पनि अभिनय छ । एकअर्काका दुश्मन मानिने पूजा र सुष्माले पहिलोपटक एकसाथ गरेकाले यो फिल्मप्रति धेरैमा चासो देखिन्छ ।