मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिलाले ‘अगस्त्य’को टिकटमा २५ प्रतिशत छुट पाउने

फिल्मीखबर, काठमाडौं, 2024/03/17

saugat malla

 

गत फागुन ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’ले तेस्रो हप्तामा पनि हलमा आफ्नो पकड कायम राखेको छ । इनिसियल व्यापार अपेक्षाकृत नभए पनि पहिलो हप्ताको अन्त्यबाट व्यापारमा ‘वर्ड अफ माउथ’को प्रभाव देखिन थालेको थियो । दोस्रो हप्ता घरेलू बक्स अफिसमा राम्रो अंक जोडेको फिल्मलाई तेस्रो हप्ताको शनिबार पनि प्राप्त शोहरुमा दर्शक अकुपेन्सी सुखद् देखियो ।

फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले नयाँ योजना ल्याएको छ । भोलि सोमबार (चैत ५ गते) महिला दर्शकहरुका लागि टिकटमा विशेष छुटको व्यवस्था गरिने भएको छ । निर्देशक सौरभ चौधरीले समाज रुपान्तरणका लागि महिलाहरुले खेलेको महत्त्वपूर्ण भूमिका र योगदानको उच्च सम्मान गर्दै फिल्मको टिकट मूल्यमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

विशेषगरी युवापुस्ताले फिल्मलाई रुचाएका छन् । फिल्मको मेकिङ, अभिनेता सौगात मल्लको बहुरुपिया चरित्र र मध्यान्तरपछिको ‘ट्विस्ट एन्ड टर्न’ले दर्शकलाई हलमा बाँधिराख्न सफल देखिएको छ । फिल्मले ‘गणेश को हुन् ?’ भन्ने सस्पेन्स छाड्दै विट मारेको छ । यसले दर्शकमा सिक्वेलको पखाई बढाएको छ । फिल्मको पोस्ट-क्रेडिटमार्फत् २०२६ मा सिक्वेल रिलिजको घोषणा गरिएको छ ।

यो फिल्ममा सौगातसँगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतको अभिनय छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्मका छायाँकार सञ्जय लामा हुन् ।