मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डोल्पाबाट ‘द्रौपदी’को छायांकन सुरु, रवि ओडले डेब्यू गर्दै

फिल्मीखबर, काठमाडौं, 2024/03/15

movie dropadi

 

घोषणाको ५ वर्षपछि निर्देशक ऋषिराज आचार्यले फिल्म ‘द्रौपदी’को छायांकन सुरु गरेका छन् । बिहीबार डोल्पा जिल्लाको दुनैको कालिका मन्दिरमा शुभमुहूर्त गरेपछि फिल्मको छायांकन सुरु गरिएको हो । महिलाप्रधान विषयमा बन्न लागेको फिल्ममा निर्देशक आचार्य स्वयंको कथा, पटकथा तथा संवाद छ । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गर्दै फिल्म निर्माण गरिने उनको भनाई छ ।

‘द्रौपदी’बाट ‘नेपाल आइडल’ दोस्रो सिजनका विजेता तथा गायक रवि ओडले अभिनेताको रुपमा डेब्यू गर्ने भएका छन् । फिल्ममा उनको विशेष भूमिका रहने जनाइएको छ । आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, सीता पौडेल, प्रकाश ज्ञवाली, सुरज अधिकारी लगायतको पनि अभिनय रहनेछ । प्रायः सबै कलाकार अडिसनबाट लिइएको हो ।

 

movie dropadi


गायक ओड स्वयंको संगीत रहेको फिल्ममा मोहन कुमार झिल्लुको छायांकन रहनेछ । ऋषिराज आचार्य, विष्णु ठडराई र प्रकाश ज्ञवाली निर्माता रहेको फिल्मको सह-निर्माता खेमराज भण्डारी र ऋतु आचार्य हुन् । डोल्पा क्षेत्रमै एक महिना फिल्मको छायांकन हुनेछ । स्क्रिप्ट लेखनमा मात्र ४ वर्ष लागेको निर्देशक आचार्यले बताए । उनले यसअघि ५ वटा फिल्मको निर्देशन गरिसकेका छन् ।