मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बन्न लागेकी दीपिका भन्छिन्, ‘बच्चा जन्माउने निर्णय गर्नु महत्त्वपूर्ण छ’

फिल्मीखबर, काठमाडौं, 2024/03/16

May be an image of 2 people

 

अभिनेत्री दीपिका प्रसाईं आमा बन्दैछिन् । चिकित्सकले उनलाई आगामी बैशाख पहिलो साताको ‘डेलिभरी डेट’ दिएका छन् । चार वर्षअघि निर्देशक दीवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी उनले गत मंसिरमा फिल्म ‘मायावी’को छायांकन सकाएकी थिइन् । गर्भावस्थामै उनले यो फिल्मको छायांकन गरेकी हुन् । दीपिका र दीवाकर पहिलो सन्तानलाई स्वागत गर्न आतुर देखिएका छन् ।

 

May be an image of 2 people and text that says 'soon Coming'


आमा बन्नुभन्दा अगाडि उनीहरुले ‘प्रेग्नेन्सी फोटोसुट’ गराएका छन् । दीपिकाले शनिबार आफ्नो सामाजिक सञ्जालमा सेअर गरेको तस्वीरमा दुवै रोमान्टिक भावमा देखिएका छन् । तस्वीरसँगै क्याप्सनमा उनले लेखेकी छन्, ‘बच्चा जन्माउने निर्णय गर्नु महत्त्वपूर्ण छ । यो सदाको लागि आफ्नो हृदय आफ्नो शरीरबाहिर घुम्न जाने निर्णय हो ।’ उनको पोस्टमा सेलिब्रेटीहरुले बधाई दिएका छन् ।

 

May be an image of 2 people


दीपिकाले फिल्म ‘ऐश्वर्य’बाट डेब्यू गरेकी थिइन् । यसलाई दीवाकरले निर्देशन गरेका थिए । फिल्म छायांकनकै क्रममा अंकुराएको प्रेमलाई उनीहरुले २०७६ सालमा विवाहमा परिणत गरे । ‘ऐश्वर्य’पछि दीपिकाले ‘छक्का पञ्जा ३’ र ‘हेल्लो जिन्दगी’मा काम गरिन् । ‘मायावी’मा उनले दोस्रोपटक श्रीमानकै निर्देशनमा काम गरेकी छन् । फिल्ममा उनको जोडी अभिनेता पल शाहसँग बाँधिएको छ ।