मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिन्दीमा डब भएर ‘रङ्गेली’ भारतमा लाग्ने

फिल्मीखबर, काठमाडौं, 2024/03/17

RANGELI INDIA RELEASE SOON

 

नेपालमा फागुन २५ गतेदेखि प्रदर्शनरत फिल्म ‘रङ्गेली’ अब भारतमा रिलिज हुने भएको छ । युसुफ शेखले नेतृत्व गरेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले फिल्मलाई भारतमा प्रदर्शन गर्न लागेको हो । यसका लागि हिन्दी अनुवादको काम भैरहेको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी गराए । भारतका एक सयभन्दा बढी सिनेमा हलमा फिल्म रिलिज हुनेछ ।

एन मुभिजले ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’ जस्ता धेरै भारतीय फिल्मको वितरण गरिसकेको छ । एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरुमा फिल्म वितरण पनि गर्दै आइरहेको छन् । निर्माता खतिवडाले चाँडै भारतमा फिल्मको प्रदर्शन मिति घोषणा गरिने बताए । यसको हिन्दी डबिङ भने मुम्बईमा हुने उनको भनाई छ ।

नेपालपछि ‘रङ्गेली’ अमेरिकामा समेत प्रदर्शन भैसकेको छ । त्यहाँ ‘हाउसफुल’ दर्शकका साथ प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताएका छन् । चाँडै क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि फिल्म प्रदर्शन हुँदैछ । नेपालमा दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि विदेशमा फिल्मको माग चुलिएको निर्देशक सुवेदी बताउँछन् ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल, सन्तोष सरकारको मुख्य भूमिका छ भने क्लाइमेक्समा अभिनेता आर्यन सिग्देल भिलेन अवतारमा प्रस्तुत छन् । उनको इन्ट्रीले दर्शकलाई ‘सरप्राइज’ बनाएको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्म ग्याङ्स्टर जनरामा निर्माण भएको हो । यो फिल्मको सिक्वेल पनि बन्नेछ ।