मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शंकरको ‘सिड्नी ब्लूज’मा पुष्प र अञ्जनाको जोडी

फिल्मीखबर, काठमाडौं, 2024/03/17

SYDNEY BULES PUSHPAL AND ANJANA

 

अभिनेता पुष्प खड्काले करिब एक वर्षको अन्तरालपछि नयाँ फिल्म सम्झौता गरेका छन् । उनले शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्म ‘सिड्नी ब्लूज’मा काम गर्न लागेका हुन् । शुक्रबार उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । फिल्ममा उनको जोडी ‘महापुरुष’ फेम्ड अभिनेत्री अञ्जना बराइलीसँग बाँधिनेछ । उनी एक महिनाअघि नै फिल्ममा अनुबन्ध भएकी थिइन् ।

फिल्ममा रवीन्द्र झा, शिव आर. ठकुरी लगायतको पनि अभिनय रहनेछ । शिवले यही फिल्मबाट डेब्यू गर्न लागेका हुन् । आगामी जुन (जेठ)बाट छायांकनको तयारी गरिएको फिल्ममा पुष्प चार फरक लुक्समा प्रस्तुत हुँदैछन् । उनले निर्देशकको सोचलाई पूरा गर्न आफूले सकेको प्रयास गर्ने बताए । फिल्मको कथा शिव आर ठकुरीको हो भने पटकथा लेखक किरण घिमिरे (माइकल) हुन् ।

आफ्नो देशको सम्भावनालाई नकारी विदेशमा जीवन विताउने अहिलेका युवाहरुको कथामा फिल्म केन्द्रित हुने निर्देशक कार्कीको भनाई छ । ‘अस्ट्रेलिया बस्ने एक युवक, जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । त्यो युवकको कथालाई फिल्ममार्फत भन्ने प्रयास गर्नेछु,’ उनले भने । उनले फिल्मको छायाङ्कन ७० प्रतिशत अस्ट्रेलिया र ३० प्रतिशत नेपालमा हुने बताए ।

सुसन प्रजापतिको छायांकन रहने फिल्मको निर्माण व्यवस्थापकमा प्रकाश हमाल छन् । कुटुम्ब ब्यान्डको ब्याकग्राउन्ड स्कोर रहने फिल्मको कोरियोग्राफर रामजी लामिछाने हुन् । आरती शाही निर्माता रहेको फिल्मको कार्यकारी निर्माता तारा नेपाली हुन् । त्यस्तै, एशोसियट निर्मातामा धर्म सुवेदी छन् । फिल्ममा ‘मिनेचर सेट’ र ‘प्रोस्थेटिक मेकअप’को प्रयोग हुने निर्देशक कार्कीको भनाई छ ।