
आगामी बैशाख १४ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बोक्सीको घर’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘जिन्दगीको कथा, यता न उता’ बोलको गीतमा स्वीअरिती र निहारिकाको स्वर, मोनिस निरौलाको संगीत तथा सुलक्षण भारतीको शब्द रचना छ । गीतमा अभिनेत्री केकी अधिकारी नवविवाहित दुलहीको रुपमा देखिएकी छन् । गीतले उनको खुसी र पीडा भाव बोलेको छ ।

‘छक्का पञ्जा’ समूहबाट अलग भएपछि हाँस्य अभिनेता जितु नेपालले फिल्म ‘ह्यारी की प्यारी’मा काम गरे । उनलाई यो फिल्मबाट ठूलो अपेक्षा थियो । तर, नतिजा सुखद् आएन । यद्यपि, उनले आफूलाई गम्भीर भूमिकामा केही हदसम्म प्रमाणित गरे । यसपछि ‘मुन्द्रेको कमेडी क्लब’ चलाउँदै आएका उनले केही हप्ताअघि यो शो बन्द गरिसकेका छन् । अब उनी फिल्ममा केन्द्रित हुँँदैछन् ।

गत फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्य’ले ठूलो उतारचढावको सामना गर्यो । रिलिजको हतारोले फिल्ममा केही प्राविधिक कमजोरी देखिएको थियो । कथावाचनमा पनि समस्या थियो । जसले गर्दा समीक्षा सुखद् मिल्न सकेन । त्यसले फिल्मको सुरुवाती व्यापारमा ठूलो असर गर्यो । तर, दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त हुँदा फिल्मको व्यापार सुध्रिएको थियो ।

विवाहपछि अभिनेत्रीको फिल्म करिअर संकटमा पर्छ भन्ने भाष्यलाई वर्षा राउतले गलत सावित गरेकी छन् । बिहेपछि पनि उनको करिअर सुखद् देखिएको छ । फिल्म हिट होस् वा फ्लप, उनी कामविहीन हुनुपरेको छैन । यतिबेला उनलाई राम्रै चटारो देखिन्छ । एकातिर सर्लाहीमा फिल्म ‘मेयर’को छायांकन चलिरहेको छ भने अर्कोतिर चैत ९ गतेबाट फिल्म ‘महाजात्रा’ प्रदर्शनमा आउँदैछ ।

निर्माण अगावैदेखि ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म ‘पूजार सार्की’को छायांकन सकिएको छ । ४८औँ दिनमा मंगलबार ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा भाकाको गीत खिच्दै फिल्म ‘प्याकअप’ भएको हो । गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूले मगर समुदायको मौलिक पहिरनमा नृत्य गरेका छन् ।

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’ यही शुक्रबार (चैत ९ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । एकातिर ‘ब्रान्ड भ्यालु’ र अर्कोतिर बलियो ‘स्टारकास्ट’ भएकाले फिल्मले यस वर्षकै उच्च कमाई गर्ने प्रक्षेपण गरिएको छ । मंगलबारबाट मल्टीप्लेक्सहरुमा फिल्मको बुकिङ समेत खुलिसकेको छ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्ससहित प्रायःमा फिल्मले उच्च शोज पाएको छ ।

