Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3223 - 3228 of 23510
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ८, सोमवार
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ७, आईतवार

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’को अघिल्लो हप्ता सार्वजनिक गरिएको अभिनेता सौगात मल्लको क्यारेक्टर लुक्स पोस्टरले राम्रो चर्चा बटुल्यो । अब फिल्मका अर्का मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरीलाई फिचर्ड गरेर आइतबार नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जसमा दुवैलाई बाँधेर कोठाभित्र बन्धक बनाइएको अवस्थामा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ७, आईतवार

सुपरहिट जोडी दयाहाङ राई र मिरुना मिरुना मगरको चौंथो सहकार्य रहेको फिल्म ‘रङ्गेली’को यतिबेला पूर्वमा छायांकन भैरहेको छ । आगामी फागुन २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको प्रिमियर भने अष्ट्रेलियाको मेलबर्न शहरमा गरिने भएको छ । आगामी माघको अन्तिम हप्ता फिल्मको प्रिमियर गरिने निश्चित भएको कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ७, आईतवार

गायनमा अहिलेका ‘सुपरस्टार’ हुन्, प्रकाश सपूत । उनका हरेक गीतले लोकप्रियताको शिखर चुमेका छन् । उनका गीतमा समाज र देशको चित्र भेटिन्छ । तर, धेरै कमलाई थाहा हुन सक्छ कि उनको बाल्यकालदेखिको रुचि अभिनय हो । बलिउडका शाहरुख खान जस्तै हिरो बन्ने सपना बोकेर उनी चार भञ्ज्याङ आएका थिए । र, अब उनको त्यो सपना फिल्म ‘परदेशी २’बाट पूरा हुँदैन ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन ७, आईतवार

सम्झौता गरेको फिल्म छाड्नु अभिनेता अनमोल केसीका लागि बायाँ हातको खेल हो । यो मामलामा उनी सबैभन्दा अनुभवी छन् । धेरै फिल्म छाड्ने अभिनेताको सूचीमा उनको नाम शीर्ष स्थानमा आउँछ । ‘ग्याङस्टर ब्लुज’, ‘ब्याचलर बन्टी’, ‘धुपौरे’, ‘हनी बनी’, ‘एक्स ९’ र पूजा शर्माको फिल्म उनले सम्झौता गरेर छाडेका फिल्म हुन् । र, प्रायः फिल्म उनले स्क्रिप्ट चित्त नबुझेरै छाडेका छन् ।

Results : 3223 - 3228 of 23510