Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म ‘फलानो ढिस्कानो’मा साइग्रेस हिरो

फिल्मीखबर, काठमाडौं, 2026/07/28

falano dhiskano

 

चर्चित स्टोरीटेलर तथा अभिनेता साइग्रेस पोखरेललाई मुख्य भूमिकामा लिएर फिल्म ‘फलानो ढिस्कानो’ बन्ने भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरियो । यो साइग्रेसको अभिनयको हिसाबले तेस्रो फिल्म हुनेछ भने मुख्य अभिनेताको रूपमा पहिलो फिल्म हो ।

फिल्मको घोषणा पोस्टरमा साइग्रेसलाई केन्द्रमा राखिएको छ । उनी स्कुटरको पछाडि हँसिलो अनुहारमा उल्टो गरी बसेका छन् । उनले घाँटीमा निलो रंगको ‘ल्यानयार्ड’ (कार्ड झुन्ड्याउने डोरी) लगाएका छन्, जसले उनी पत्रकार वा कर्मचारी रहेको संकेत गर्छ । उनको हाउभाव हेर्दा फिल्ममा उनी हास्य भूमिकामा देखिन लागेको बुझ्न सकिन्छ । 

 

Saigres Pokharel


राजकुमारको निर्देशनमा बन्ने यस फिल्ममा साइग्रेसबाहेक अरु कलाकारको टुंगो लागेको छैन । अर्को सातादेखि अन्य कलाकार तथा प्राविधिकबारे जानकारी दिँदै जाने तयारीमा निर्माण पक्ष रहेको छ । द्रव्य प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन आगामी कात्तिकमा गरिने जनाइएको छ । फिल्मको निर्माण लागत दुई करोड अनुमान गरिएको छ । 

फिल्मको घोषणा कार्यक्रममा साइग्रेसले ‘आ बाट आमा’पछि फिल्म नगर्ने सोच बनाएको भए पनि अब आफूलाई यसको नशा लागेको बताए । उनले भने, ‘मैले ‘आ बाट आमा’पछि अरु फिल्म खेल्दिनँ भन्ने सोचेको थिएँ । तर, यो नशा रहेछ । खेल्दिनँ भन्दा भन्दै तीनवटा फिल्म पुगिसक्यो । ‘फलानो ढिस्कानो’ चाहिँ कथा सुनेपछि छाड्नै सकिनँ ।’