Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अस्ट्रेलियाको सिड्नीमा ‘मालती मंगले’को ‘ओभरफ्लो’ शो

फिल्मीखबर, काठमाडौं, 2026/07/29

MALATI MANGALE SYDNEY SHOW

 

गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको फिल्म ‘मालती मंगले’ यतिबेला विदेशमा प्रदर्शनमा भइरहेको छ । अमेरिकापछि मंगलबार अस्ट्रेलियाको सिड्नीस्थित ग्रान्ड प्यालेस ओभनमा फिल्मको रेड कार्पेट प्रिमियर आयोजना गरिएको थियो । गायक ढकाल स्वयं उपस्थित रहेको फिल्मको प्रिमियर दर्शकको उत्साहजनक उपस्थितिले स्मरणीय बनेको छ । 

गायक ढकालका अनुसार फिल्मको सिड्नी शो ‘ओभरफ्लो’ भएको थियो । आयोजकले भीआईपी डिनरसहित करिब दुई सय सिटको व्यवस्थापन गरेका थिए । तर, प्रिमियरमा तीनभन्दा बढी दर्शक उपस्थित हुँदा धेरैले भुइँमै बसेर फिल्म हेरे । प्रिमियरमा दर्शकले फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेको ढकालले बताए ।

फिल्म प्रदर्शनपछि गायक ढकालले सांगीतिक प्रस्तुति समेत दिएका थिए । उनले आफ्ना ८ वटा लोकप्रिय गीत गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए । उनले फिल्ममा समावेश ‘झ्याम पारम्’ गीत गाउँदा दर्शकहरू हलभित्रै छमछमी नाचेका थिए । उनलाई ‘भ्वाइस अफ नेपाल’बाट उदाएकी र हाल अस्ट्रेलियामा अध्ययनरत गायिका अञ्जली हमालले ४ वटा युगल गीतमा साथ दिएकी थिइन् ।

एक दम्पतीको सम्बन्धमा आउने उतारचढावको कथामा आधारित ‘मालती मंगले’मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ, सुवर्ण थापालगायतका कलाकारहरूको अभिनय रहेको छ ।फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । सागर ज्ञवाली फिल्मको कार्यकारी निर्मातामा छन् ।