Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विजयले सकाए ‘सिन्दुरे जात्रा’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/07/29

sindhure jatra

 

कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का अभिनेता विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सकिएको छ । मंगलबार पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित आर्थर डाँडाखर्क गाउँमा अन्तिम दृश्य खिचिएसँगै ४० दिनमा फिल्मको छायांकन पूरा भएको हो । फिल्मको छायांकन विशेष परिस्थितिका कारण दुई चरणमा भएको थियो । 

गत जेठमा घोढचडी दृश्य खिच्ने क्रममा लडेर विजय बरालको दाहिने हात भाँचिएपछि एक महिना फिल्मको छायांकन रोकिएको थियो । असार तेस्रो साता चिकित्सकले उनको हातको ब्यान्डेज खोलेपछि फिल्मको बाँकी छायांकन पुनः सुरु गरियो । छायांकनको क्रममा विजयले आफ्नो सिन नभएको समयमा कुश्माबाट पोखरा झरेर हातको थेरापी गराउने गरेका थिए । 

सरोज न्यौपानेको निर्देशनमा बनेको यस फिल्ममा विजयको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ । यसअघि ‘पूर्णबहादुरको सारङ्गी’मा उनीहरूको सहकार्य भएको थियो । फिल्ममा विजय र अञ्जनासहित उषा खड्गी, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, हिउँवाला गौतम, रजनी गुरुङलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । 

मंसिर ४ गतेबाट प्रदर्शन हुन लागेको फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन् । फिल्ममा सरोज पौडेलको कथा, सविन अधिकारी र वसन्त न्यौपानेको लेखन, बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको छ ।