Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3187 - 3192 of 23508
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १४, आईतवार

फिल्म ‘रावायण’का निर्देशक सुदर्शन थापाको प्रोडक्सन कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवालले दिएको आपराधिक विश्वासघातको उजुरीको आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी आइतबार साँझ हिरासतमुक्त भए । उनलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको हो । उनी रिहा भएलगत्तै निर्देशक थापाले सामाजिक सञ्जालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यमले आफ्नो छविलाई धमिल्याउन खोजेको बताएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १४, आईतवार

असोज १२ गते शुक्रबार साँझ साँगाबाट पक्राउ परेका अभिनेता अनमोल केसी हिरासत मुक्त भएका छन् । आइतबार काठमाडौं जिल्ला अदालतले पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आइतबार (आज)सम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिए पनि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हाजिरी जमानीमा रिहा गरेको हो ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १४, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १४, आईतवार

आपराधिक विश्वासघातको मुद्धामा असोज १२ गते शुक्रबार साँझ पक्राउ परेका अभिनेता अनमोल केसीलाई ३ दिन (पक्राउ परेको दिनदेखि तीन दिन अर्थात् आजसम्म) हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीको इजलासले उनलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनमोललाई सोमबार अदालतमा पुनः उपस्थित गराइनेछ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १४, आईतवार

‘लभ स्टेशन’ फेम्ड अभिनेता प्रकाश शाह विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थीहलाई लक्षित गरेर स्थापना भएको ग्लोबल डायस्पोरा एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् । आइतबार कन्सल्टेन्सी र शाहबीच एक वर्षको लागि सम्झौता भएको हो । यो कन्सल्टेन्सीले जापान, अष्ट्रेलिया, युकेलगायत देशमा अध्ययन गर्न चाहने विधार्थीलाई पठाउँदै आएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १४, आईतवार

शिव आर जीको निर्देशनमा तयार भएको फिल्म ‘बालापन’को काठमाडौंमा प्रिमियर गरिएको छ । शनिबार चाबहिलस्थित चलचित्र विकास बोर्डको सभा हलमा संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँती प्रमुख अतिथ्यतामा आयोजित प्रिमियरमा फिल्मले उठाएको विषयवस्तुको उपस्थित अतिथिहरुले प्रशंसा गरे । मन्त्री किराँतीले फिल्मले समाजभित्रको यथार्थ कुराहरुलाई चित्रण गरेको बताए ।

Results : 3187 - 3192 of 23508