मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लण्डन टू पेरिस’ पोस्टरमा कबीर र गरिमा रोमान्टिक

फिल्मीखबर, काठमाडौं, 2024/03/29

london to paris (1)

 

आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक पोस्टरमा अभिनेत्री साम्राज्ञी आरएल शाह र नव-अभिनेता निश्चल खड्कालाई प्रस्तुत गरिएकोमा यसपटक उनीहरुसँगै अभिनेता कबीर खड्का र अभिनेत्री गरिमा शर्मालाई रोमान्टिक अवतारमा चित्रित गरिएको छ ।

टिकटकबाट उदाएकी गरिमाले एक सय बढी म्यूजिक भिडियोमा काम गरिसकेकी छन् । ‘लण्डन टू पेरिस’बाट अभिनेत्रीको रुपमा डेब्यूको अवसर पाएकी उनी फिल्मलाई लिएर उत्साहित देखिएकी छन् । उनले सामाजिक सञ्जालमा पोस्टर सेअर गर्दै अब फिल्म रिलिजका लागि आफू पर्खिन नसक्ने उल्लेख गरेकी छन् । उनले दोस्रो फिल्मको रुपमा ‘ह्रस्व दीर्घ’मा पनि काम गरिसकेकी छन् ।

‘लण्डन टू पेरिस’मा गरिमाको जोडी भएर काम गरेका कबीरको भने यो चौंथो फिल्म हो । २०७५ सालमा फिल्म ‘लम्फू’बाट उनको डेब्यू भएको थियो । यसपछि ‘गुञ्जन’ र ‘एक भागवत र एक गीता’मा उनले नकारात्मक भूमिका निर्वाह गरे । यी तीनवटै फिल्मबाट अपेक्षाकृत सफलता नपाएका उनलाई अब ‘लण्डन टू पेरिस’बाट ठूलो अपेक्षा छ । यसमा कबीर ‘लभर ब्वाई’को भूमिकामा छन् ।

फिल्ममा रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धीको पनि अभिनय छ । फिल्मको निर्मातामा अमित बस्नेत, आरोन बस्नेत, परी राना र एरियाना बस्नेत छन् । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्मातामा छन् । फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने अभेद परवको छायांकन छ ।