मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चीनको बेइजिङ फेस्टिभलमा छानियो ‘गाँउ आएको बाटो’

फिल्मीखबर, काठमाडौं, 2024/03/29

dayahang rai

 

‘नुमाफुङ’बाट निर्देशनमा अग्लो कद बनाएका नवीन सुब्बाले करिब एक दशकपछि कमब्याक गरेको फिल्म ‘गाँउ आएको बाटो’ले यतिबेला अन्तर्राष्ट्रिय फेस्टिभलहरुको फन्को लगाइरहेको छ । टोरोन्टो, बुसान, गोटेबर्ग, मुम्बई, पुणे जस्ता फेस्टिभलहरुमा छनोट भएको फिल्म अब चीनको सबैभन्दा प्रतिष्ठित मानिने ‘बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल’को १२औं संस्करणमा छानिएको छ ।

यो फेस्टिभल आगामी अप्रिल १९ देखि २२ अप्रिलसम्म बेइजिङ सहरमा हुँदैछ । यसमा छानिने पहिलो नेपाली फिल्मको इतिहास रचेको ‘गाँउ आएको बाटो’ नेपालमा भने आगामी जेठ १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । राई समुदायको सामाजिक पृष्ठभूमिमा दुर्गम गाँउमा सडक पुगेपछि बाबु-छोराको सम्बन्धमा आउने उतारचढावको कथामा आधारित भएर फिल्म बनेको छ ।

छोमोलोङमा प्रोडक्सन तथा गाँउघर फिल्म प्रोडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई नेपाल रिलिजको संयोजन बाँसुरी फिल्मले गरेको छ । दयाहाङ राई, पशुपति राई र प्रसन राई मुख्य भूमिकामा रहेको फिल्ममा केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा लगायतको पनि अभिनय छ । फिल्ममा महेश राई र नवीन सुब्बाको पटकथा लेखन छ ।