Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3169 - 3174 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-01-27, शनिवार

अभिनेत्री रेखा थापा यही माघ अन्तिम अथवा फागुनको पहिलो हप्ताभित्र आमा बन्दैछिन् । त्यसका लागि यतिबेला उनी श्रीमानको साथमा अमेरिकामा छिन् । उनले पहिलो सन्तानलाई अमेरिकामा जन्म दिएर त्यहीँको नागरिक बनाउन लागेकी हुन् । उनको यो निर्णयप्रति सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेका छन् । अब उनकै पार्टीका नेताले समेत कटाक्ष गर्न थालेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-01-27, शनिवार

आगामी फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर फिल्म ‘रङ्गेली’को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक गरिएको छ । अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको संगीत तथा निशान भट्टराई र लिला गजमेरको युगल स्वर रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्मा नृत्य गर्दै प्रस्तुत छन् । गीतमा शिल्पा बोल्ड देखिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-01-26, शुक्रवार

आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जिग्री’को कमेडीयुक्त टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लम्बाईको टिजर पैसाले उत्पन्न गराएको उल्झनमा केन्द्रित छ । एक समुहबाट बच्नका लागि दुई युवाले गरेको संघर्षलाई ट्रेलरमा रोचक ढंगले देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-26, शुक्रवार

केही वर्षयता डिजिटल वालेटप्रति सर्वसाधारणको आकर्षण निकै बढेको छ । अचेल धेरैजसोले सुनदेखि नुनसम्मको पैसा डिजिटल वालेटबाटै तिर्ने गरेका छन् । र, सेवा प्रदायक कम्पनीहरुले पनि विभिन्न सुविधा र उपहारका योजनाहरु ल्याइरहेका हुन्छन् । खल्ती एपले भने फिल्म पारखीहरुलाई आकर्षित गर्न नेपाली फिल्मको टिकट खरिदबापत ‘क्यासब्याक’को सुविधा दिँदै आइरहेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-01-26, शुक्रवार

मल्टीस्टारर फिल्म ‘रङ्गेली’ आगामी फागुन २५ गते (महाशिवरात्री)बाट प्रदर्शनमा आउने तयारीमा छ । टिजर र पोस्टर सार्वजनिक भैसकेको फिल्मको केही प्रतिशत छायांकन भने अभिनेता सौगात मल्लको पखाईमा रोकिएको थियो । उनी काम गर्न सकारात्मक पनि थिए । तर, माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारका कारण उनले फिल्मलाई समय दिन सकेनन् ।

Results : 3169 - 3174 of 23938