मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘ईश्वर’ पोस्टरमा घाइते अनु र रिसाहा पृथ्वी

फिल्मीखबर, काठमाडौं, 2024/03/29

Ishwor

 

राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८१ को मंसिर १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक पोस्टरमा पात्रहरुको मनोदशा प्रस्तुत गरिएको छ । अभिनेता पृथ्वीराज प्रसाईं रिसाहा मुद्रामा चित्रित छन् भने अभिनेत्री अनु शाह घाइते अवस्थामा प्रस्तुत छिन् । फिल्मले अपराधको कथा बोल्ने पोस्टरले संकेत गर्छ ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको पनि अभिनय छ । यो फिल्मबाट अनुले ५ वर्षपछि कमब्याक गरेकी छन् । पछिल्लोपटक उनी ‘पसिना’मा देखिएकी थिइन् । यो फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन् । अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मलाई उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।