Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3205 - 3210 of 24234
फिल्मीखबर, काठमाडौं, 2024-03-25, सोमवार

विवाहपछि अभिनेत्री ऋचा शर्माको दुई फिल्म प्रदर्शन भए, ‘हिजो आजका कुरा’ र ‘चि मुसी चि’ । तर, यी दुईटै फिल्म सफल हुन सकेनन् । यतिबेला ‘कमेडी च्याम्पियन’को निर्णायक रहेकी उनले यस वर्ष लगातार फिल्ममा काम गरिरहेकी छन् । गत भदौदेखि फागुनसम्ममा उनले तीनवटा फिल्मको छायांकन सकाएकी छन् । जसमध्ये ‘डिग्री माइला’ यही चैत ३० गते प्रदर्शनमा आउँदैछ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-25, सोमवार

होलीको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’प्रति नेताहरुको समेत आकर्षण देखिएको छ । आइतबार रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेले ललितपुरस्थित लबिम मलमा फिल्म हेरेका थिए । सोमबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पनि फिल्म हेर्ने तयारीमा छन् । प्रदर्शनकै दिन पूर्वरानी कोमल शाहले पनि फिल्म हेरेकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2024-03-25, सोमवार
फिल्मीखबर, काठमाडौं, 2024-03-24, आईतवार

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आइतबार पहाडी र सोमबार तराई जिल्लामा मनाइँदैछ । असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाउने पर्व हो, होली । असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिएको छ । आफन्त र साथीभाईसँग मिलेर विभिन्न रङ तथा पानी खेलेर खुसी साट्ने पर्वको रुपमा होलीलाई लिइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-24, आईतवार

राजनीतिक विषयमा फिल्म बनाउनु चुनौतीपूर्ण मानिन्छ । त्यसको क्यानभास नै ठूलो हुन्छ । हरेक दृश्यमा मानिसको भीड चाहिन्छ । आमसभा, र्‍याली, भेला, झडप जस्ता दृश्य खिच्न हजारौंको भीड देखाउनुपर्छ । त्यो जुटाउन बजेट पनि ठूलै लाग्छ । यसैले त्यस्ता दृश्यमा ‘भिएफएक्स’को साहरा लिइन्छ । हलिउड होस् वा बलिउड फिल्म, आमसभाजस्ता दृश्य प्रायः ‘भिएफएक्स’बाटै बनाइन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-24, आईतवार

दशैं/तिहारपछि नेपाली फिल्मको व्यापार सुस्ताएको थियो । केही फिल्मको व्यापार सुखद् देखिए पनि बक्स अफिसलाई पूर्ण रुपमा चलायमान बनाउन सकेका थिएनन् । यसैले फिल्म क्षेत्रकै अपेक्षा र आशा ‘महाजात्रा’मा थियो । त्यो अपेक्षामा फिल्म खरो उत्रिएको छ । फागु पूर्णिमा (होली)को अवसर पारेर शुक्रबारबाट प्रदर्शन भएको फिल्मले व्यापारमा आफ्नो बलियो स्टारडम देखाएको छ ।

Results : 3205 - 3210 of 24234