
धेरै नेपाली फिल्ममा सहायक निर्देशक भएर काम गरेका विनयराज पौडेलले अब आफैं निर्देशनको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनको डेब्यू निर्देशनमा फिल्म ‘आम नागरिक’ बन्न लागेको हो । बिहीबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको छ । पोस्टरमा एक पात्रले शरीर पछाडि खुकुरी लिएर उभिएको देखिन्छ । यसले फिल्म एक्सन प्रधान रहने संकेत गर्छ ।

फिल्म (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फिल्मसम्बन्धी विधेयकलाई अन्तिम रुप दिन सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सञ्चार मन्त्रालयलाई विधेयकको मस्यौदा अगाडि बढाउन बाटो खुलेको छ ।

तीन ‘स्टार’ नायक आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक फिल्म ‘पूजार सार्की’मा एकसाथ काम गर्दैछन् । यसैले निर्माण अगावै फिल्मको चर्चा उत्कर्षमा छ । फिल्मले व्यावसायिक रेकर्ड बनाउन सक्ने प्रक्षेपण पनि सुरु भएको छ । यो निर्माण टिमका लागि भने ठूलो चुनौती हो । ‘स्टारकास्ट’का कारण फिल्मप्रति चुलिएको अपेक्षामा खरो उत्रिनुपर्ने दबाब निर्माण टिममा छ ।

यही माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिमोस सुनुवारद्वारा निर्देशित फिल्म ‘हात्तीछाप’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेटको ट्रेलरले सामाजिक कथा उठाउँदै प्रेम र कमेडीको स्वाद पस्किएको छ । दयाहाङ राई र उपासना सिंह ठकुरीबीचको नोकझोंकपूर्ण प्रेम र सौगात मल्लको ‘बोत्तल राजा’ अवतार ट्रेलरको आकर्षक पक्ष हो । सौगातको संवाद बोल्ने शैली रोचक छ ।

अभिनेत्री शिल्पा मास्केको करिअर सुखद् बन्न सकेको छैन । निरन्तर फिल्ममा काम गर्दै आएको भए पनि व्यावसायिक सफलता उनीबाट टाढै छ । फिल्म ‘कागजपत्र’बाट उनको डेब्यू भयो । रिलिजको हिसाबले भने पहिलो फिल्म ‘द ब्रेकअप’ हो । तर, यी दुवै असफल भए । तेस्रो फिल्म ‘सानो मन’ले पनि उनलाई निराश नै तुल्यायो । यद्यपि, उनले अभिनयमा सम्भावना देखाएकी थिइन् ।

बलिउडका दुई एक्सन स्टार अक्षय कुमार र टाइगर श्राफ अभिनीत फिल्म ‘बडे मियाँ छोटे मियाँ’को टिजर सार्वजनिक गरिएको छ । ‘एक्सन प्याक्ड’ टिजरमा आर्मी र आतंककारी समुहबीचको द्वन्द्वलाई देखाइएको छ । आर्मी अफिसरको भूमिकामा रहेका अक्षय र टाइगर खतरनाक ‘स्टन्ट’ गर्दै प्रस्तुत छन् । भिलेनको भूमिकामा रहेका पृथ्वीराज सुकुमारन भने मुखौटा लगाएर देखिएका छन् ।

