
२०७२ सालमा सार्वजनिक प्रदर्शन भएको फिल्म ‘पशुपति प्रसाद’ घरेलू बक्स अफिसमा ‘नपत्याउने खोला’ बनेको थियो । किनकि, रिलिजपूर्व फिल्मको हाइप सामान्य थियो । कलाकारहरु पनि नाम कहलिएका थिएनन् । मुख्य भूमिकामा रहेका खगेन्द्र लामिछाने र विपिन कार्की आफूलाई स्थापित गर्ने चरणमा थिए । जसले गर्दा फिल्म व्यावसायिक रुपमा सफल हुनेमा टिमभित्रै संशय थियो ।

अर्पण गिरी (अरमान जंग)को डेब्यूू निर्देशनमा तयार भएको फिल्म ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ‘तिम्रो जुनेली रुप’ बोलको रोमान्टिक थिमको गीतमा मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाई फिचर्ड छन् । गीतमा निर्देशक गिरीको शब्द रचना र स्वर छ भने जोन तामाङ र निर्देशक गिरी स्वयंको संगीत छ ।

बडा दशंको छेको पारेर यही असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कुरा सीधा छ’ बोलको डान्सिङ शैलीको गीतमा प्रताप दास र मीना निरौलाको स्वर छ भने बि.बि अनुरागीको शब्द रचना तथा संगीत छ । गोविन्द राईको कोरियोग्राफी रहेको गीतमा फिल्मका अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् ।

२०७२ सालमा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का विवाह बन्धनमा बाँधिएका थिए । विवाह अगाडि निश्चलको ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ गरी दुई फिल्म प्रदर्शनमा आइसकेको थियो । ‘लुट’ले त उनलाई ‘सेलिब्रेटी निर्देशक’ कहलाएको थियो । विवाह हुँदा स्वस्तिमाको भने ‘होस्टेल रिर्टन्स’ मात्रै प्रदर्शनमा आएको थियो । उनी अभिनेत्रीको रुपमा स्थापित हुने प्रयासमा थिइन् ।

निर्देशक निश्चल बस्नेतले डेब्यू फिल्म ‘लुट’बाट नेपाली फिल्ममा परम्परागत कथावाचनको शैली नै परिवर्तन गरिदिए । नभए नेपाली फिल्म एकैखालको कथावाचनमा चलिरहेको थियो । नयाँ प्रयोग नै हुन सकेको थिएन । अर्कोतिर, देशभित्रै बजार खस्किँदो थियो । ‘लुट’ले घरेलू बजारको आकार मात्र देखाएन, विदेशमा समेत सम्भावना देखाइदियो । त्यसैले ‘लुट’लाई ‘ट्रेन्ड सेटर’ फिल्म भनिन्छ ।

फिल्म ‘रावायण’को विवाद प्रहरी हुँदै अदालतसम्म पुगिसकेको छ । निर्देशक सुदर्शन थापाकी श्रीमती तथा निर्मात्री सुप्रिया कटुवालले आपराधिक विश्वासघातको आरोपमा दिएको उजुरीको आधारमा पक्राउ परेर अभिनेता अनमोल केसी आइतबार रिहा समेत भैसकेका छन् । तर, विवाद टुंगिसकेको छैन । निर्माताले अनमोलसँग १ करोड १५ लाख भरपाईको माग गरेका छन् । प्राविधिकदेखि विभिन्न पक्षमा उक्त रकम खर्च भएको बताइएको छ ।

