मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’

फिल्मीखबर, काठमाडौं, 2024/03/28

Dayahang Rai

 

फिल्मप्रति दर्शकलाई आकर्षित गर्न गीत-संगीत जति महत्त्वपूर्ण मानिन्छ, संवादको पनि उस्तै ठूलो भूमिका हुन्छ । संवाद रुचाइँदा त्यसको फाइदा फिल्मको व्यापारमा परेको धेरै उदाहरण छन् । यसैले मेकरहरुले टिजर र ट्रेलरमा फिल्मभित्रका घतलाग्दा संवाद समावेश गर्ने गरेका छन् । यदि संवाद बोलीचालीको छ र त्यसलाई रोचक शैलीमा भनिएको छ भने त्यो बढी रुचाइने गरिएको छ ।

फिल्मको संवादमा विशेष ध्यान दिने निर्देशकहरुमा रामबाबु गुरुङ अग्रसूचीमा पर्छन् । चाहे ‘कबड्डी’का श्रृंखला होस् या ‘फूलबारी’, संवादमा उनको राम्रो दख्खल देखिन्छ । उनका फिल्मको विशेषता भनेकै रोचक संवाद र चोटिला पञ्चलाइन हुन् । उनको आगामी फिल्म ‘डिग्री माइला’को ट्रेलरमा पनि त्यो छनक आउँछ । ट्रेलरमा समावेश केही संवादले फिल्मप्रति दर्शकको ध्यान खिचेको छ ।

१. स्तर मिल्दैन के भाइ हो, बुझन् । तेरो आँगनमा आएर मेसीले फुटबल खेल्ला त ?

२. मैले चाहेँ भने दुई घण्टाभित्र हेलिकप्टर-सेना झरेर गाउँ नै हरियो बनाइदिन्छु ।

३. सहरमा मिस नेपालहरु म जस्तो ह्यान्डसम र ट्यालेन्ट केटा नपाएर कुमारी बस्या छन् ।

४.  आजकाल अनुहारको हैन, ट्यालेन्टको भ्यालु छ । अनुहारमा त म गोबरै पोतेर पनि केटी पट्याइदिन्छु ।

५. तिमीहरु कुँवामा बस्ने भ्यागुतालाई म उडेको जस्तै त लाग्छ नि । समुन्द्र देख्नेलाई पो थाहा हुन्छ, पानीजहाज कत्रो हुन्छ भनेर ।


यी संवादहरु जति रोचक सुनिन्छन्, त्यत्तिकै सरल र सहज पनि छन् । यसैले दर्शकहरुको जिब्रोमा झुण्डिन थालेको छ । फिल्मको व्यापारमा यसको प्रभाव देखिन सक्ने आँकलन गरिएको छ । युट्युबमा ट्रेलर सार्वजनिक भएसँगै प्रतिक्रिया पनि अब्बल मिलेको छ । युट्युब रिलिजको ६ दिनमा १० लाख बढी भ्यूज पाइसकेको ट्रेलरको कमेन्टमा धेरैले फिल्म ‘ब्लकबस्टर’ हुने दाबी गरेका छन् ।  

यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, हिउँवाला गौतम, कमलमणि नेपाल, सोमनाथ खनाल, लोकेन्द्र लेखक लगायतको अभिनय छ भने ऋचा शर्मा विशेष भूमिकामा छिन् । २०६९ र २०७१ सालमा गरी दुईपटक मञ्चन गरिएको ‘डिग्री माइला’ नाटकमा आधारित भएर फिल्म बनेको हो ।