मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्यूएफएक्सले गर्‍यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा

फिल्मीखबर, काठमाडौं, 2024/03/28

May be an image of crowd and text

 

गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा उच्च अंक जोडेको छ । तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम राखेको छ । सोमबारबाट कामकाजी दिन सुरु हुँदा व्यापारमा केही गिरावट आए पनि प्राप्त शोजमा अकुपेन्सी राम्रो छ । पहिलो हप्तामा फिल्मको कमाई ६ करोड पुग्ने अनुमान छ ।

यस्तैमा, देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले ‘महाजात्रा’लाई सुपरहिट घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने फिल्मलाई ‘सुपरहिट’ भनेर उल्लेख गरिएको छ । सम्भवतः पहिलोपटक यो हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को ट्याग दिएको हो । क्यूएफएक्स चेनमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्ने देखिन्छ ।

क्यूएफएक्सबाट नेपाली निर्माताहरुले राम्रो सेयर पाउँदै आएका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता सिरिजले यही हलबाट करोडौं लगेका थिए । यसैले क्यूएफएक्समा उच्च शोजसहित फिल्म रिलिज गर्ने धेरै निर्माताको सपना हुने गर्छ । र, यो हलमा हुने व्यापारले फिल्मको देशभरको मोटामोटी आँकडा बताउँछ । यसकारण पनि क्यूएफएक्सले ‘महाजात्रा’लाई ‘सुपरहिट’ भन्नुको ठूलो अर्थ छ ।

 

mahajatra movie


भोलिबाट दोस्रो हप्तामा प्रदर्शन सुरु गर्न लागेको यो फिल्मले १० करोडमाथि कमाउने प्रक्षेपण गरिएको छ । यो हुँदा यस वर्ष उच्च कमाई गर्ने फिल्मको दोस्रो स्थान ‘महाजात्रा’ले बनाउनेछ । ‘जारी’को १७ करोडको रेकर्ड छ भने ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘दिमाग खराब’को कमाई ९ करोडमुनि छ । तर, १० करोड जोड्न आगामी दिनमा पनि ‘महाजात्रा’ले आकर्षक कमाई गर्नुपर्नेछ ।