Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अक्षरा’को ‘नाचौन बरिलै’ गीतमा छमछमी नाचे न्यान्सी र रिस्ता

फिल्मीखबर, काठमाडौं, 2026/07/30

Nancy Khadka

 

भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अक्षरा’को तीज गीत ‘नाचौन बरिलै’ सार्वजनिक गरिएको छ । भगवान् शिवलाई पाउन पार्वतीले व्रत बसेको प्रसंगदेखि तीजमा दिल खोलेर नाच्ने महिलाको चाहनालाई व्यक्त गरिएको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । गीतका रचनाकार सुरेन्द्र राना हुन् भने संगीत कर्णराज गिरीले दिएका छन् ।

लोकलयमा आधारित गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्रीद्वय न्यान्सी खड्का र रिस्ता अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । दुवैले सिउँदोमा सिन्दुर लगाएको देख्न सकिन्छ । यसको अर्थ फिल्ममा उनीहरू विवाहित महिलाको भूमिकामा छन् । काठमाडौंको गोकर्णेश्वरस्थित उत्तरवाहिनी मन्दिरमा छायांकन गरिएको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । 

विनयराज पौडेलको डेब्यू निर्देशनमा बनेको यस फिल्ममा रिस्ता र न्यान्सीसहित सुशील सिटौला, सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, रोनक खड्का, प्रीसा ढुङ्गाना, त्रिलोचन न्यौपानेलगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।

सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।