मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘महाजात्रा’ : देशभित्र १४ करोड, विदेशमा ९ करोड

फिल्मीखबर, काठमाडौं, 2024/04/11

May be an image of one or more people, beard, people smiling and wrist watch

 

अक्सर सफलताको दौडमा रहने नेपाली फिल्मको व्यापार दोस्रो साताबाट कमजोर हुँदै जान्छ । तर, होलीको अवसरमा प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’को हकमा फरक परिदृश्य देखिएको छ । भोलि (शुक्रबार)बाट चौंथो हप्तामा प्रवेश गर्न लागेको फिल्मले दोस्रो र तेस्रो हप्ता पनि आक्रामक व्यापारलाई यथावत् राख्यो । यो दुई हप्तामा मात्र फिल्मले झन्डै ८ करोडको व्यापार गरेको छ ।

पहिलो हप्ता फिल्मको व्यापार ६ करोड २४ लाख थियो । दोस्रो हप्ता ३ करोड ९० लाख कमाएको फिल्मले तेस्रो हप्तामा ४ करोड नजिकको व्यापार गरेको जनाइएको छ । अर्थात् तीन हप्तामा फिल्मले १४ करोडमाथि कमाएको छ । अब ‘जारी’को रेकर्ड तोड्ने बाटोमा ‘महाजात्रा’ देखिन्छ । गत बैशाखमा आएको ‘जारी’ले सय दिन मनाउँदा १७ करोड १७ लाखमाथिको व्यापार गरेको थियो ।

‘महाजात्रा’ले तीन हप्तामा नेपालभित्र १४ करोडमाथि व्यापार गर्दा विदेशमा समेत उच्च अंक जोडेको छ । प्राप्त जानकारी अनुसार, विदेश प्रदर्शनबाट मात्र फिल्मले ९ करोड कमाएको छ । योसहित देश र विदेशको गरी फिल्मको व्यापार २३ करोड नाघेको छ । विदेशमा फिल्मलाई उपलब्ध हरेक शोज हाउसफुल भइरहेका छन् । विशेषगरी मध्यपूर्वी देशहरुमा फिल्मको व्यापार बलियो छ ।

चौंथो हप्तामा पनि फिल्मको व्यापार सुखद् रहने सम्भावना देखिन्छ । किनभने, प्रायः हलहरुले राम्रो शोज उपलब्ध गराएका छन् । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले मात्र ८ वटा हलमा ३४ शोज दिएको छ । अन्य हलसहितको जोड्दा चौंथो हप्तामा पनि फिल्मले एक सय बढी शोज पाएको छ । प्राप्त शोमा राम्रो अकुपेन्सी भए फिल्मले चार हप्तामा १६ करोडको आँकडा नघाउनेछ ।