मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘डिग्री माइला’लाई उच्च शोज, बम्पर ओपनिङको अवसर

फिल्मीखबर, काठमाडौं, 2024/04/10

digri maila

 

यस वर्षको अन्तिम रिलिज फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा उच्च व्यापार गर्ने अनुमान गरिएको छ । यसका दुईवटा आधार छन् । पहिलो, यो ‘कबड्डी’ समूहको फिल्म हो । त्यसको प्रभाव व्यापारमा देखिन सक्छ । दोस्रो, ट्रेलरले बनाएको हाइप राम्रो छ । दर्शकलाई हलमा आकर्षित गर्ने यो बलियो आधार हुनसक्छ । ‘वर्ड अफ माउथ’ पनि राम्रो आए फिल्मले हलमा लामो यात्रा गर्नेछ ।

फिल्मको हाइपलाई मध्यनजर गर्दै बुधबारबाट अग्रिम बुकिङ खुलाइएको छ । देशभर फिल्मलाई उच्च शोज मिलेको छ । बुधबार दिउँसो ४ बजेसम्ममा फिल्मले डेढ सय बढी शोज प्राप्त गरिसकेको छ भने बिहीबार साँझसम्म २ सय शोज नाघ्न सक्नेछ । देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि मात्र काठमाडौंसहित ९ सहरमा ६० शोज उपलब्ध गराएको छ ।

यो फिल्मलाई सबैभन्दा ठूलो चुनौती दुई हिन्दी फिल्म ‘बडे मियाँ छोटे मियाँ’ र ‘मैदान’ (भारतमा बिहीबार रिलिज हुँदैछन्) हुनसक्ने विश्लेषण गरिएको थियो । तर, अहिलेसम्म दुवै फिल्मको नेपाल प्रदर्शन अन्योल छ । अब रिलिजका लागि चलचित्र विकास बोर्डमा निवेदन दिँदा पनि सेन्सर अनुमति पाउन आइतबारअघि सम्भव छैन । यसैले ‘डिग्री माइला’को ओपनिङ बम्पर हुनसक्ने देखिन्छ ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई र आँचल शर्मा जोडीको रुपमा छन् भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ । फिल्मले शैक्षिक बेरोजगारीको कथालाई उठाएको छ । यसअघि यो कथामा ‘डिग्री माइला’ नाटक बनेको थियो ।