मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेममा घुमेको ‘जोकर २’ ट्रेलर

एजेन्सी, काठमाडौं, 2024/04/10

Joker: Folie à Deux - Movie Trailer - Nerdtropolis

 

सन् २०१९ को सर्वाधिक सफल फिल्म हो, ‘जोकर’ । विश्वकै प्रतिष्ठित ओस्कार अवार्डमा ११ विधामा मनोनयन भएर २ वटा अवार्ड जितेको फिल्मले १ विलियन डलर कमाएको थियो । अब यसको सिक्वेल निर्माण भएको छ । आगामी अक्टोबर ४ (असोज १८)मा प्रदर्शन हुन लागेको फिल्मको बुधबार ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट २४ सेकेण्ड लम्बाईको ट्रेलरमा प्रेमकथा प्रस्तुत छ ।

ट्रेलरको सुरुवात आर्थर फ्लेक (जोकिन फिनिक्स)बाट हुन्छ, जो जेलभित्र बन्द छन् । जहाँ गार्डले उनीसँग जोक्स सुनाउन भन्छन् । त्यहीँ दोस्रो सटमा जेलको एक हलमा हार्ले क्वीन (लेडी गागा)सँग उसको आँखा जुध्छ । अर्को सटमा आर्थरलाई भेट्न हार्ले जेल पुगेकी छन् । त्यसपछि जेलबाहिरको दुनियाँ देख्न सकिन्छ । संगीतलाई जोड दिइएको ट्रेलरमा दृश्यबीचको संयोजन सानदार छ ।

टड फिलिप्सको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा जोकिन र लेडीका साथै ब्रेन्डन ग्लीसन, क्याथरिन किनर, ह्यारी लटी, जेकब लोफल्यान्ड, ज्याजी बीट्ज आदिको पनि अभिनय छ । २ सय मिलियन डलरमा निर्माण भएको फिल्मले पहिलो श्रृंखलाभन्दा लगभग दोब्बर व्यापार गर्ने प्रक्षेपण गरिएको छ । अघिल्लो श्रृंखलाका कारण ‘जोकर २’लाई लिएर नेपालमा समेत ठूलो प्रतिक्षा छ ।