मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी’ श्रृंखलाको ह्याङबाट ‘डिग्री माइला’ मुक्त छ ?

फिल्मीखबर, काठमाडौं, 2024/04/11

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले सहकार्य गर्ने प्रायः फिल्मलाई ‘कबड्डी’ श्रृंखलाको ह्याङबाट मुक्त हुन नसकेको आरोप लाग्ने गरेको छ । कथाको बनावट होस् वा पात्रको मनोदशा, उनीहरुका फिल्ममा ‘कबड्डी’को प्रभाव कहीँ न कहीँ देखिन्छ । यही चैत ३० गते रिलिज हुने उनीहरुको नयाँ फिल्म ‘डिग्री माइला’मा पनि त्यसको प्रभाव देखिएको त छैन भन्ने प्रश्न उठिरहेको छ ।

दयाहाङ यसमा नयाँ बाटो हिँड्न प्रयास गरिएको तर्क गर्छन् । उनी भन्छन्, ‘काम गर्ने क्रममा हाम्रो केही गुणहरु अवश्य आउलान् । तर, सोच र अनुभवको हिसाबले हामीले यसमा केही नयाँ बाटो हिँड्ने कोसिस गरेका छौं । ‘कबड्डी’का श्रृंखलाभन्दा यसमा केही नयाँ भेटिनेछ ।’ हरेक सर्जकले आफ्नो सिर्जनालाई अघिल्लोभन्दा अब्बल र फरक हिसाबले बनाउन चाहने दयाहाङको बुझाई छ ।

 

digri maila


‘हरेक सर्जकमा आफ्नो सिर्जनालाई अघिल्लोभन्दा अब्बल बनाउँछु र केही फरक तरिकाले सोच्छु भन्ने त हुन्छ । तर, उसको सोच्ने मस्तिष्क त त्यहीँ नै हो नि । यसैले अघिल्लो सिर्जना जस्तै छ कि भनेर कुरा आउनु स्वभाविक हो । र, फरक गरेको छु भनेर दाबी गर्नु पनि बेकार कुरा हो जस्तो लाग्छ,’ उनी भन्छन् । ‘कबड्डी’ श्रृंखलाको प्रभाव ‘डिग्री माइला’मा नदेखिने दयाहाङको विश्वास छ ।

अभिनेत्री आँचल शर्मालाई भने ‘कबड्डी’ श्रृंखलाभन्दा ‘डिग्री माइला’ फरक छ भन्ने लाग्छ । उनी भन्छिन्, ‘डिग्री माइला भन्ने जुन पात्र छ र उसको जुन बोलाई छ त्यो काजी होइन । यसको कथा र पात्र नै फरक छ ।’ उनी आफ्नो पात्रलाई दर्शकले याद गर्नेमा पनि विश्वस्त छिन् । भन्छिन्, ‘माइला पात्रको भूगोलमा नै मेरो पात्र छ । यसैले माइलालाई सम्झिँदा दर्शकले मेरो पात्र पनि सम्झनुहुन्छ ।’

त्यस्तै, अभिनेता कमलमणि नेपाल ‘डिग्री माइला’लाई समाजको कथा मान्छन् । ‘यसमा मीठो कन्टेन्ट छ । एउटा पात्रको कथा छ । समाजको कथा छ । शिक्षामाथिको विकृतिप्रति व्यंग्य पनि छ,’ उनी भन्छन्, ‘हरेक मानिसको आफ्नै सपना हुन्छ । डिग्री माइलाको पनि एउटा सपना छ । यो पात्र नेपाली समाजको बिम्व हो । अब माइला भन्ने शब्द नै शब्दकोश र ‘डिग्री माइला’मा मात्र भेटिन्छ ।’