मिति : २०८१ वैशाख २३, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘वर एण्ड वधु’पछि ‘ज्वाइँ साब’मा हिमेश

फिल्मीखबर, काठमाडौं, 2024/04/10

himesh panta

 

रियालिटी शो ‘कमेडी च्याम्पियन’मा सहभागी भएर चर्चामा आएका कलाकारहरुको फिल्ममा उपस्थिति बढ्दो छ । सुमन कार्कीले ‘दिमाग खराब’ र ‘महाजात्रा’मा काम गरिसकेका छन् । सजन श्रेष्ठले फिल्म ‘मेयर’बाट डेब्यू गर्दैछन् भने आदर्श मिश्रले फिल्म ‘ह्रस्व दीर्घ’मा काम गरिसकेका छन् । त्यस्तै, पहिलो ‘कमेडी च्याम्पियन’का विजेता हिमेश पन्तको पनि फिल्ममा व्यस्तता बढिरहेको छ ।

उनले डेढ वर्षअघि निर्देशक मिलन चाम्सको फिल्म ‘वर एण्ड वधु’मा काम गरेका थिए । यो फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी नै छ । यसपछि उनी फिल्म ‘शमशेर’मा जोडिए । अब अर्को फिल्म ‘ज्वाइँ साब’मा उनले अभिनय गर्ने भएका छन् । बुधबार फिल्मका निर्देशक बसन्त निरौलाले उनीसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा हिमेशको कमेडी भूमिका हुने जनाइएको छ ।

फिल्ममा यसअघि जितु नेपाल र नीति शाह मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । आगामी बैशाख १५ गतेदेखि छायांकन सुरु हुन लागेको फिल्ममा राज कुमार पण्डित, मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङ निर्मातामा छन् भने पोस्टर डिजाइनर विजय बस्याल कार्यकारी निर्माता हुन् । यसमा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद लेखन रहेको छ ।