Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3145 - 3150 of 23507
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २४, बुधवार

करिब ८ वर्षअघि प्रदर्शन भएको फिल्म ‘परदेशी’ घरेलू बक्स अफिसमा सुपरहिट सावित भएको थियो । आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान बाध्य नेपालीहरुको कथालाई प्रस्तुत गरेको फिल्मले प्रदर्शनको ५१औं दिने दुर्लभ रेकर्ड समेत मनाएको थियो । अब यसको दोस्रो श्रृंखला यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मको ‘हाइप’ हेर्दा सफलताको सम्भावना बलियो छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २३, मंगलवार

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अहिलेका सर्वाधिक सफल जोडी हुन् । उनीहरुको सहकार्यले हिटमा ह्याट्रिक पनि गरिसकेको छ । ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनीहरुको जोडी बाँधिएको हिट फिल्म हुन् । यो जोडीको एकपछि अर्को फिल्म सफल हुन थालेपछि मेकरहरु समेत लोभिन थालेका छन् । र, उनीहरुलाई नै लिएर धमाधम फिल्मको घोषणा हुने क्रम जारी छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २३, मंगलवार
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २३, मंगलवार

अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको उद्देश्य र भावनाविपरित गएर अध्यक्ष भुवन केसीले काम गरिरहेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल चलचित्र निर्माता संघको वार्षिक साधारणसभा एवं पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले फिल्मकर्मीहरुको भावनाविपरित जान थालेको अवस्थामा बोर्डको कुर्सीबाट विस्थापित गर्न सक्ने समेत चेतावनी दिए ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २३, मंगलवार

करिब ७ वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद’ले अभिनेता विपिन कार्कीलाई कलाकारितामै नयाँ जन्म दिएको थियो । फिल्ममा निर्वाह गरेको भष्मे डन पात्र उनको नयाँ पहिचान बन्यो । नेपाली फिल्ममा यो चरित्रलाई ‘आइकनिक’ मानिन्छ । खासमा भष्मे डन फिल्मको हिरो भने थिएन । नकारात्मक चरित्र थियो । तर, उसको गेटअप, हिँडाई, बोलाई पृथक हुँदा दर्शकले रुचाए ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २३, मंगलवार

‘बुलबुल’ होस् या ‘चिसो मान्छे’, जसमा अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेको चरित्रमा ठूलो विविधता भेटिन्छ । र, उनले चरित्र निर्माणमा गरेको मिहिनेत देखिन्छ । यसैले त उनले ‘भर्सटायल अभिनेत्री’को पहिचान बनाएकी छन् । जुनसुकै चरित्रमा चुनौती लिन सक्ने उनी एकपटक फेरि फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’मा भिन्न चरित्रमा देखिँदैछिन् । यसमा उनी दुर्गा माता बनेकी छन् ।

Results : 3145 - 3150 of 23507