
चरित्र निर्माणका लागि नेपाली कलाकारहरुले आवरणमा बढी मिहिनेत गरेको पाइन्छ । कपाल पाल्ने या खौँरिने, हुलिया फेर्ने, तौल घटाउनु र बढाउनु नै चरित्र निर्माण हो भन्ने धेरैको बुझाई छ । तर, यो आवरणको मिहिनेत हो । कुनै पनि चरित्रलाई आत्मसात् गर्न त्यसको चिन्तन, प्रवृत्ति, सोच, स्वभाव र आचरणलाई अनुभूति गर्न सक्नुपर्छ । अभिनेता सौगात मल्लमा केही हदसम्म यो गुण छ ।

माओत्से गुरुङको डेब्यू निर्देशित फिल्म ‘दयारानी’लाई हिट दाबी गरिएको छ । मंगलबार एक पोस्टरमार्फत् कलेक्सन रिपोर्टसहित हिट दाबी गरिएको हो । फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख छ । यद्यपि, फिल्मको कलेक्सनलाई पुष्टि गर्ने आधार छैन । किनकि, तालुकवाला सरकारी निकाय चलचित्र विकास बोर्डले केही महिनादेखि बक्स अफिस तथ्यांक सार्वजनिक गरेको छैन ।

‘जात्रा’ फ्रेन्चाइजको तेस्रो श्रृंखला ‘महाजात्रा’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट १२ सेकेण्डको टिजरमा पैसाले उत्पन्न गराउने परिस्थितिलाई देखाइएको छ । एक गाडी पैसा लुकाउन प्रस्ताव आएपछि तीन पात्र (विपिन कार्की, रविन्द्र सिंह बानियाँ र रविन्द्र झा)ले गर्ने संघर्ष र बेहोर्नुपर्ने हैरानीमा टिजर केन्द्रित छ । टिजरमा अभिनेता हरिवंश आचार्य नेताको शैलीमा चित्रित छन् ।

कुनै बेला लभस्टोरी फिल्मको ठूलो बोलबाला रहेको बलिउडमा यतिबेला एक्सन फिल्मको दबदबा बढेको छ । सन् २०२३ मा मात्र एक्सन फिल्मले विश्वव्यापी झण्डै ३ हजार करोडको कमाई गरे । यसले पनि बलिउडमा फेरि एक्सन फिल्मको जगजगी सुरु भएको देखाउँछ । र, यतिबेला प्रायः मेकर एक्सन फिल्मको तयारीमा छन् । प्रदर्शनको पखाईमा रहेका फिल्महरु पनि प्रायः एक्सन छन् ।

‘कालो पोथी’ निर्देशक मीन बहादुर भामको दोस्रो फिचर फिल्म ‘शाम्बाला’ यही शुक्रबार विश्वकै प्रख्यात बर्लिन फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । यसका लागि निर्देशक भामसहितको टिम बर्लिन पुगेको छ । फिल्म प्रिमियरको पूर्वसन्ध्यामा अंग्रेजी सबटाइटलमा ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट हाराहारीको ट्रेलरमा बहुपति प्रथासँग जोडेर पेमा पात्रको माध्यमबाट कथा भनिएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । साढे ३ मिनेट लम्बाईको टिजरलाई तीन खण्डमा बाँडिएको छ । पहिलो खण्डमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय शिक्षकहरुले गरेको प्रश्नोत्तरलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा गीतको सानो अंश छ, जहाँ अभिनेत्री आँचल शर्मासँग दयाहाङ रोमान्टिक अवतारमा चित्रित छन् ।

