मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एक्टर’को मुहूर्त, प्रदीप, आना र दिव्याले गरे हवन

फिल्मीखबर, काठमाडौं, 2024/04/23

pradeep khadka and divya rayamajhi (1)

 

सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेको फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान कार्यविनायक मन्दिर भैंसीपाटी (ललितपुर)मा वैदिक विधिद्वारा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरियो । त्यस अवसरमा दिव्यासहित फिल्मका मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।

मुहूर्त कार्यक्रममा दिव्या आकर्षणको केन्द्र बनेकी थिइन् । लामो समयदेखि चर्चामा रहेकी उनी पहिलोपटक मिडियासामु उपस्थित भएकी हुन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ । यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइराला, सलोन बस्नेत लगायतको पनि अभिनय रहनेछ । राजबल्लभले यही फिल्मबाट दश वर्षपछि कमब्याक गर्न लागेका हुन् ।

फिल्मको निर्देशन राजन भुसालले गर्नेछन् । निर्देशनमा उनको यो डेब्यु हो । फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् भने सह-निर्मातामा एनिस भुसाल र सार्थक केसी रहेका छन् । फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ । अदृत फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई छायांकन गर्ने जिम्मेवारी नरेन्द्र मैनालीले पाएका छन् ।