मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

लमजुङबाट छायांकनमा निस्कियो सौगातको ‘भाइरल गोर्खे’

फिल्मीखबर, काठमाडौं, 2024/04/23

saugat malla

 

‘छड्के’ निर्देशक निगम श्रेष्ठले आफ्नो आगामी फिल्म ‘भाइरल गोर्खे’को छायांकन सुरु गरेका छन् । मंगलबार लमजुङस्थित भुजुङ गाउँमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गर्दै दृश्य खिच्न सुरु गरिएको हो । फिल्मका लागि पहिलो दृश्य अभिनेता सौगात मल्लले दिए । एक महिनाको छायांकन तालिका राखिएको फिल्मले सामाजिक सञ्जालमा भाइरल हुन जुनसुकै हर्कत गर्ने पात्रको कथा भन्नेछ ।

विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको फिल्ममा सौगातसँगै लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टिले एकसाथ काम गर्न लागेका हुन् । सृष्टि केही दिनमा छायांकनमा जोडिने जनाइएको छ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको निर्माण रहने फिल्मको छायाँकारमा अमर महर्जन छन् ।

 

saugat malla 2


भुजुङपछि फिल्मको छायांकन गोरखा र चितवनमा गरिनेछ । सामाजिक सञ्जालले निम्त्याएको राम्रो र नराम्रो दुवै पक्षलाई फिल्मले देखाउने निर्माता लामिछानेले बताए । सौगात भने दर्शकलाई फिल्म केही फरक लाग्नेमा विश्वस्त छन् । सामान्य कथालाई सशक्त ढंगले बुनिएको उनको भनाई छ । उनले निगमको निर्देशनमा यसअघि दुई फिल्म ‘छड्के’ र ‘लालपूर्जा’मा काम गरिसकेका छन् ।