मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’को ‘रिमै’ गीतमा अन्तरजातीय प्रेमकथा

फिल्मीखबर, काठमाडौं, 2024/04/30

Aryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu

 

आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गीतमा दिनेश राउतको शब्द रचना र सुवास भुसालको संगीत छ भने देवेन्द्र बराल र मुना ठटालको युगल स्वर छ । गीतमा प्रस्तुत दृश्यहरुले फिल्मको कथासार बुझाएको छ ।

पूजारीको भूमिकामा रहेका अभिनेता आर्यन सिग्देलको सार्की समुदायकी अञ्जना बराइलीसँग प्रेम टुसाएको छ । मगर समुदायकी परीक्षा लिम्बूलाई दमाईको चरित्रमा रहेका अभिनेता प्रदीप खड्काले मन पराउँछन् । गीतले उनीहरुकै प्रेमभाव व्यक्त गरेको छ । गीतको अन्तिममा अभिनेता पल शाह पनि देखिएका छन् । मर्मस्पर्शी भावको गीतमा शब्द, संगीत र गायनको राम्रो संयोजन छ ।

दिनेश राउतको निर्देशक तथा विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । फिल्मलाई संगीतकार समेत रहेका सुवास भुसालले निर्माण गरेका हुन् ।

राजेश श्रेष्ठको डिओपी रहेको फिल्मलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् । फिल्मले २०४६ सालको परिवेशमा रहेर जातीय विभेदविरुद्धको कथालाई उठाएको छ । आर्यन, प्रदीप र पल पहिलोपटक एकसाथ देखिएकाले ‘पूजार सार्की’ले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण गरिएको छ ।