मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

चार दिनमा ‘बोक्सीको घर’ले कति कमायो ?

फिल्मीखबर, काठमाडौं, 2024/04/30

अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’ले अनपेक्षित ‘ओपनिङ’ गर्‍यो । पहिलो दिन नै ८० लाख व्यापार गरेको फिल्मले शनिबार थप उछाल कायम गर्‍यो । दोस्रो दिनको कलेक्सन डेढ करोड थियो । दुई दिनमा नै लगानी सुरक्षित गरेको फिल्मले आइतबारदेखि पनि व्यापारमा आफ्नो पकड गुमाएको छैन । हलमा दर्शकको चाप सन्तोषजनक देखिन्छ ।

यसबीच, फिल्मको चार दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरिएको छ । आइतबार ५३ लाख र सोमबार ४१ लाखसहित फिल्मले चार दिनमा ३ करोड २४ लाख कमाई गरेको वितरक कम्पनी टी फल्क्सले जनाएको छ । बुधबार मजदुर दिवसको विदा भएकाले फिल्मको व्यापारमा एकपटक फेरि उछाल आउनसक्ने प्रक्षेपण गरिएको छ । पहिलो साताको व्यापार ४ करोडमाथि हुन सक्नेछ ।

 

May be an image of 2 people, people smiling and text


फिल्मले विशेषगरी महिलाहरुलाई हलमा आकर्षित गरेको छ । महिलाप्रधान कथामा बनेकाले पनि त्यो प्रभाव देखिएको हुनसक्छ । ‘बुझिनँ मैले’ गीत लोकप्रिय हुँदाको फाइदा पनि फिल्मको व्यापारमा राम्रै परेको छ । यो गीतले युट्युबमा एक महिना पनि नवित्दै एक करोड बढी भ्यूज पाइसकेको छ । दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले हलमा लामो यात्रा गर्ने देखिन्छ ।

‘बोक्सीको घर’ले नेपालमा आक्रामक व्यापार गरेपछि विदेशमा समेत माग चर्किएको छ । अष्ट्रेलिया, अमेरिका, यूरोप जस्ता देशमा फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको छ । विदेश राइट्सबाटै लगानीको ठूलो हिस्सा उठ्ने देखिन्छ । फिल्मको व्यापारबाट प्रफुलित देखिएकी केकीले चाँडै सामाजिक विषयवस्तुमा नयाँ फिल्म बनाउने आँट, हौसला र आत्मविश्वास मिलेको बताएकी छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो फिल्म नाटकमा आधारित भएर बनेको हो । ८ वर्षअघि मण्डला थिएटरमा भारती स्वयंको लेखन र निर्देशनमा ‘बोक्सीको घर’ नाटक देखाइएको थियो । बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथालाई उठाइएको फिल्ममा केकीसहित सुपल सापकोटा, स्वेच्छा राउत, सुपला सापकोटा, रमा थपलिया लगायतको अभिनय रहेको छ ।