मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मनसरा’को ‘झ्यालको’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/04/29

Dayahang Rai, Miruna Magar

 

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सनुप पौडेल र झुमा लिम्बूको युगल स्वर रहेको ‘झ्यालको’ बोलको मर्मस्पर्शी गीतमा झुमा लिम्बूको संगीत तथा हर्क साउदको शब्द रचना छ । फिल्मका कलाकारहरुको मनोविज्ञान, अवस्था र परिस्थितिलाई व्यक्त गरेको गीतले फिल्मको कथासार बुझाउन खोजेको छ ।  

अन्तरजातीय सम्बन्धको आयामलाई समेटिएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान केन्द्रीय भूमिकामा छन् भने हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राई लगायतको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । शैलेन्द्र स्वयंले फिल्म खिचेका हुन् ।

फिल्ममा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन रहेको फिल्ममा अर्जुन कार्कीको रंग संयोजन तथा श्रवल राज पाण्डेको साउण्ड डिजाइन छ । फिल्म यही बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।